सहीद स्मारकमा राष्ट्रपतिको १ घण्टा, यस्ता छन् ३ कार्यक्रम
हेटौंडा, १४ माघ । हेटौंडाको सहीद स्मारकमा राष्ट्रिपति विद्यादेवी भण्डारी आइपुगेकी छिन् । उनले स्मारकमा १ घण्टा समय बिताउने पूर्वानिर्धारित कार्यक्रम छ ।
हेटौंडा–११ थनाभर्याङस्थित प्रदेश प्रहरी कार्यालयमा राष्ट्रपति भण्डारी हेलिकप्टरबाट ओर्लिएर सवारीमा भर्खरै स्मारक प्रवेश गरेकी छिन् । राष्ट्रपति भण्डारीलाई बागमती प्रदेशका सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभा सदस्यलगायतकाहरुले पुष्पगुच्छासहित स्वागत गरेका छन् ।
राष्ट्रपति भण्डारीले स्मारकमा बिताउने १ घण्टामा ३ वटा कार्यक्रम छन् । सर्वप्रथम उनले स्मारक स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा मुख्य प्रवेशद्धारमा निर्माण गरिएको रजत जयन्ती स्तम्भको अनावरण गर्ने कार्यक्रम छ ।
त्यस लगत्तै उनले ठूलो ढुंगामा कुदिएका सहीदका प्रतिमा र जननेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गर्ने छिन् ।
स्मारकमा रहेको प्रजातान्त्रिक पार्कको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले प्रतिमा अनावरण गर्ने कार्यक्रम पनि रहेको छ । पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवाहरुको प्रतिमा निर्माण गरिएको छ ।
पार्कमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वा्चित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वा्चित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ ।
यो पनि पढ्नुहोस् ।
- आज हेटौंडा आउँदै राष्ट्रिपति विद्यादेवी भण्डारी
- हेटौंडाको सहीद स्मारकमा सेनाको ‘घेरा’, सुरक्षा व्यवस्था कडा
- हेलिकप्टरबाट हेटौंडा आइन् राष्ट्रपति, केहीबेरमै स्मारक पुग्ने
