बासुदेव सभागृह भत्काउने कार्यपालिकाको निर्णय, कमल थापा भत्काउन नदिने

तु खबर संवाददाता
२०७६ माघ ४, शनिबार १९:३२

हेटौंडा, ४ माघ । हेटौंडा–४ स्थित बासुदेव सभागृह भत्काउन हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका बैठकले निर्णय गरेपनि पुर्वउपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले भत्काउने नदिने बताएका छन् ।

तत्कालिन सरकारको स्थानीय विकास मन्त्री रहेको थापाकै पहलमा बासुदेव सभागृह निर्माणको लागि बजेट बिनियोजित भएको थियो ।

स्थानीय विकास मन्त्रालय, तत्कालिन जिल्ला विकास समिति र हेटौंडा नगरपालिकाको संयुक्त लगानीले सभागृह निर्माण भएको थियो ।

बासुदेव सभागृह प्रयोगमा नआउँदै केही दिनअघि बसेको हेटौंडा नगर कार्यपालिका बैठकले भत्काउने निर्णय गर्दै उक्त स्थानमा बासुदेव स्मृति कमर्सियल भ्युटावर बनाउने योजना ल्याएको थियो ।

सभागृह निर्माणले १५ वर्षसम्म पनि पूर्णता पाउन सकेको छैन । कार्र्यपालिका बैठकले सभागृहमा प्राविधिक त्रुटी भएको भन्दै भत्काउनु पर्ने जिकिर गरेको छ ।

बासुदेव सभागृहसँगै रहेको स्वर्गीय राजा विरेन्द्रको पूर्ण कदको शालिक भत्काउने नदिने राप्रपा अध्यक्ष थापाले अडान लिएका छन् । थापाले केही दिनअघि ट्वीटरमा लेख्दै सभागृहको दयनीय अवस्था देखेर दिक्क लागेको बताएका दिए ।

उनले सभागृहलाई मर्मतसम्भार गरी प्रयोगमा ल्याउन प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

कमल थापाको धारणाको विषयमा भने हेटौंडा उपमहानगरपालिकाले केही बोलेको छैन् । सभागृह भत्काउने पक्षमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि छन् ।

सभागृह भत्काएर प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकको संयुक्त लगानीमा भ्युटावर बनाउन लागिएको हो । १ विगहा क्षेत्रफलमा बन्ने भ्युटावरको लागि २ करोड बजेट हेउमनपाले छुट्याइसकेको छ ।

यो पनि पढ्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*