हेटौंडाको बासुदेव सभागृह भत्काएर ‘भ्युटावर’

तु खबर संवाददाता
२०७६ पुष २९,मंगलवार १६:३१

हेटौंडा, २९ पुस । हेटौंडा–४ हुप्रचौरस्थित बासुदेव सभागृह निर्माणले पूर्णता नपाउँदै भत्किने भएको छ । १५ वर्षदेखि अलपत्र रहेको बासुदेव सभागृह पूर्णरुपले निर्माण भइसकेको छैन् ।

‘गलत प्रविधिक मुल्याङकन’ले सभागृह निर्माण भएको भन्दै सभागृह नभत्काई नहुने स्थितिमा हेटौंडा उपमहानगरपालिका कार्यालय (हेउमनपा) पुगेको छ ।

हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले सभागृह भत्काउनै पर्ने बताएका छन् उनले प्रविधिक मुल्याङ्कन गलत हुँदा भवन उपयुक्त नभएको बताए ।

प्रमुख महतले सभागृह भत्काएर बासुदेव स्मृति कमर्सियल भ्युटावर बनाउने योजना अघि सारेका छन् । केही दिनअघि बसेको हेटौंडा उपमहानगरपालिका नगर कार्यपाालिकाको बैठकले सभागृह भत्काएर भ्युटावर बनाउने निर्णय गरेको हो ।

नगरपालिकाले भ्युटावर बनाएर स्थानीयलाई मनोरञ्जन दिनेमात्रै होइन, कार्यालयको आन्तरिक आयस्रोत बढाउने योजना पनि बनाएको छ ।

भ्युटारबाट हेटौंडाको दृश्यावलोकनसँगै बैंक तथा वित्तिय संस्था, व्यापारिक प्रयोजनका लागि सटर बनाउने योजना कार्यालयको छ ।

बागमती प्रदेश सरकार र हेउमनपाको साझेदारीमा बन्न लागेको बासुदेव स्मृति कमर्सियल भ्युटावरको लागि ४ करोड बजेट विनियोजित भइसकेको छ । भ्युटार बनाउन हेउमनपाले १ विगाह जग्गा छुट्याइसकेको छ ।

नगर प्रमुख महतले भ्युटावरको डीपिआर बनिरहेको तु खबरलाई जानकारी दिए । उनले ३० दिनभित्र डीपिआर तयार भएर आउने बताए । निर्माणको कामलाई छिट्टो सुरु गरिने प्रमुख महतको योजना छ ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*