३ नम्बर प्रदेश सरकारको यो कस्तो ताल ? वासुदेव सभागृहको बेहाल, तारे होटेल मालामाल !
बलराम पुडासैनी
मकवानपुर २८ कात्तिक । ३ नम्बर प्रदेश सरकारका अधिकाँश कार्यक्रमहरु तारे होटेलमा हुने गर्छ । सामान्य कार्यक्रम गर्न प्रदेश सरकारले लाखौं रुपैँया खर्च गरिरहेको छ । आजमात्रै आन्तरिक मामिला तथा कामुन मन्त्रालयको आयोजनामा मदिराजन्य बस्तुको उत्पादन विक्रिवितरण, प्रयोग र व्यवस्थापन सम्बन्धि अन्र्तक्रिया कार्यक्रम हेटौंडाको होटेल सामनामा भईरहेको छ । यो त प्रतिनिधि कार्यक्रम मात्रै हो । यस्ता स–साना थुप्रै कार्यक्रमहरु गर्न प्रदेश सरकारले हालसम्म करोडौं बजेट खर्चिसकेको छ ।
प्रदेशको राजधानी हेटोंडामा व्यवस्थीत सभाहल नभएकोबेला बहुआयामिक सभागृहको रुपमा बासुदेव सभागृहको निर्माण गरिएको थियो । तर निर्माण भएको करिब १४ बर्षदेखिनै बासुदेव सभागृह बेरोजार जस्तै छ । सहिद बासुदेव घिमिरेको नाममा निर्माणाधिन सभागृहप्रति न हेटौंडा उपमहानगरपालिकाको ध्यान पुगेको छ न त प्रदेश सरकारकोनै ?
जनताले तिरेको करबाट लाखौं रुपैँया खर्चेर विभिन्न सभा तथा समारोह गर्न सक्ने प्रदेश सरकारको ध्यान बाशुदेव सभागृहकोको व्यवस्थापन तथा निर्माण किन गएन हेटौंडावासीको प्रश्न छ । निर्माण सम्पन्न नहुँदै सभागृह अहिले पुरानो जस्तै देखिन थालेको छ । सभागृहमा सिटिहल निर्माण गर्ने उदेश्यले काम थालिएको भएपनि यसले हेटौंडा उपमहानगरपालिका र समग्र ३ नम्बर प्रदेश सरकारलाई नै जिस्काइरहेको छ ।
हेटौंडा उपमहानगरपालिकाको अनुसार हालसम्म बासुदेव सभागृह निर्माणको लागि करिब ३ करोड रुपैयाँ खर्च भईसकेको छ । सभा समारोह तथा विभिन्न कार्यक्रमको लागि सहज होस भन्ने उदेश्यले नगरपालिकाकाले निर्माण सुरुवात गरेता पनि अहिले यसको प्रयोगका लागि हेटौंडा उपमहानगरपालिकासंग कुनै त्यस्तो योजना नभएको उपमहानगरपालिकाको जानकारी छ । अझ भनौं उपमहानगरपालिकानै यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा अन्यौल छ ।
भवन निर्माणसंग सम्बन्धित ईनजिनियरहरु सभागृह पुर्ण रुपमा प्रयोगमा आउन लायक बनाउन अनुमानित थप २ करोड खर्च हुने बताउँछन् । । टोल विकास संस्थाको संरक्षणमा रहेको सभागृहप्रति प्रदेश सरकारको पनि ध्यान जानु आवश्यक देखिन्छ ।
वासुदेव सभागृहमा बाहिर कहिले काहिँ राजनीतिक कार्यक्रम गर्न तथा मतदानको बेला मतदान गर्ने काम बाहेक यसले थप कुनै काम पाउन सकेको छैन ।
करीब ६ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको सभाहल व्यवस्थित हुन सके यसले उपमहानगरपालिकाको आम्दानीमा निकै सहयोग पुर्याउने देखिन्छ । साथै प्रदेश सरकारका कार्यक्रमहरु समेत बासुदेव सभागृह जस्ता सभागृहमा गर्नसके सरकारको लाखौं बजेट बचत हुने बुद्धिजिविहरु बताउँछन् ।
