प्रदेशसभा बैठक स्थगितः पुस २३ गते बस्ने

तु खबर संवाददाता
२०७६ पुष २१,सोमबार १७:२३

हेटौंडा, २१ पुस । हेटौंडामा आज सोमबार भएको प्रदेश ३ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले पुस २३ गते दिउँसो ३ बजेलाई पुनः बस्ने गरी आजको बैठक स्थगित भएको सदनलाई जानकारी गराए ।

प्रदेश नामाकरण सम्बन्धी कार्यविधि २०७६ प्रदेशसभाले स्वीकृत गरेको छ ।

मुख्य सचेतक रामेश्वर फुँयालले टेबुल गरेको प्रस्ताव गरेको कार्यविधिमा नेपाली कांग्रेसकी सचेतक राधा घले र विवेकशील नेपाली दलका नेता रमेश पौड्यालले समर्थन गरेका थिए । प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*