प्रतिव्यक्ति आयमा सुधार नेपालीको वार्षिक आम्दानी १ हजार ४ डलर

तु खबर संवाददाता
२०७५ बैशाख १२, बुधबार २०:५३

काठमाडौं १२ बैसाख । नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको तथ्यांक सार्वजनिक गरिएको छ ।

आर्थिक वर्ष २०७३र७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

अर्थात एक नेपालीको वार्षिक आम्दानी रु १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ ।

यद्यपि, जिडीपीमा रेमिट्यान्सको हिस्सा भने घट्दै गएको तथ्यांक विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिडिपिमा गत वर्ष रेमिट्यान्सको योगदान २६।३२ प्रतिशत रहेकोमा यसपटक घटेर २४।५२ प्रतिशतमा झरेको छ ।

राष्ट्रिय योजना आयोगले केही महिना अघि नेपालीको प्रतिव्यक्ति आय ८ सय ६२ डलर मात्र रहेको भन्दै अल्पविकसित देशबाट स्तरोन्नती हुन चाहेको थिएन ।

तर, त्यसको केही महिनामै केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले भने प्रतिव्यक्ति बढेको देखाएको हो ।

विभागले चालू आर्थिक वर्षको आर्थिक बृद्धिदर ५।८९ प्रतिशतले बढेर अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने अनुमान समेत गरेको छ ।

केही दिन अघि नेपालको आर्थिक बृद्धिदर एसियाली विकास बैंकले ४।९ प्रतिशत र विश्व बैंकले ४।६ प्रतिशत मात्र हुने अनुमान गरेको थियो ।

यी दुबैको अनुमान भन्दा माथि रहेर विभागले आर्थिक बृद्धिदरको अनुमान सार्वजनिक गरेको छ ।

विभागले कुल ग्राहस्थ उत्पादन ९जिडिपी० मा सेवा क्षेत्रको सबै भन्दा बढी योगदान रहने प्रक्षेपण पनि छ ।

आर्थिक वर्ष २०७४र७५ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै तथ्यांक विभागले यस वर्ष सेवा क्षेत्रको मात्र ५७।६१ प्रतिशतले योगदान हुने अनुमान गरेको छ ।

सेवा क्षेत्र अन्र्तगत खुद्रा वयापार, होटल तथा रेष्टुरेनट, यातायात सञ्चार तथा भण्डारण, वित्तिय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य लगायत सेवा पर्दछ ।

जीडीपीमा निर्माण क्षेत्रको योगदान ७।६० प्रतिशत, थोक तथा खुद्रा व्यापारको १३।२६ प्रतिशत, कृषि तथा वनको २७।१० प्रतिशत र विद्युतको १।१९ प्रतिशत योगदान रहने अनुमान छ ।
यस्तै प्राथमिक क्षेत्रको २८।२१ प्रतिशत योगदान रहने अनुमान पनि विभागको छ ।
रातोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*