हेटौँडाबाट सार्वजनिक भयो यातायात व्यवसायीको आन्दोलनको तालिका, यस्तो छ देशभरको आन्दोलन
हेटौँडा, १२ बैशाख । सरकारले यातायात क्षेत्रमा गरेको सिण्डिकेटको विरोधमा संयुक्त यातायात आन्दोलन परिचालन कमिटि हेटौडाले कार्यतालिका सहित आन्दोलनको तयारी गरेको छ ।
देशकै संयुक्त यातायात आन्दोलन परिचालन कमिटि हेटौँडाले आज व्यवसायी भेला आयोजना गरि सबै क्षेत्रका व्यवसायीलाई एकजुट भई आन्दोलनमा सहभागि हुन समेत आग्रह गरेका छन् । अटो ईरिक्सा देखि टेम्पो सुमो लोकल ढुवानी सबै क्षेत्रका सवारी साधन बन्द गर्न कमिटिले आग्रह गरेको छ ।
आन्दोलनको कार्यक्रमहरु अन्र्तगत बैशाख १३ गते सारणी तालिका फ्री छोड्ने, १४ र १५ गते सातै प्रदेशमा सदरमुकाम र काठमाडौं उपत्यकामा सबै साधनहरु क्यू फ्री छोड्ने, १६ गते यातायात कार्यालयहरु घेराउ गर्ने, १७, १८ र १९ गते तिन दिन प्रचार प्रसार गर्ने, २१ गते व्यवसायीले सवारी साधन घरघरमा तथा ग्यारेजमा राख्ने, २२ गते संयुक्त संघर्ष समितिको बैठक गरी थप संर्घषको कार्यक्रम तयार पार्ने, २७ गते देखि संयुक्त आन्दोलन संघर्ष समितिबाट अर्को जनाकारी नआएसम्म नेपालभरका सबै सार्वजनिक सवारी साधनहरु घरघरमा तथा ग्यारेजमा राख्ने कार्यक्रम रहेको नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनालले बताएका छन् ।
