३ विद्यालयको सहभागितामा हेटौँडा–४ मा शैक्षिक अन्तरक्रिया

तु खबर संवाददाता
२०७५ बैशाख १२, बुधबार १८:४८

हेटौँडा, १२ बैशाख । हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ४ मा रहेका ३ माध्यमिक विद्यालयहरुसँग वडा शिक्षा समितिले अन्तरक्रिया गरेको छ । वडा शिक्षा समितिको आयोजनामा वडा नम्बर ४ स्तरीय शैक्षिक अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा भुटनदेवी मा.वि., आधुनिक मा.वि र श्रमिक मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

शैक्षिक गुणस्तरलाई कसरी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित बैठकले वडा स्तरीय शैक्षिक आचारसंहिता समेत निर्माण गरेको वडा कार्यालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*