न्यूरेनीमा दुर्घटनामा परेका युवकको मृत्यू, चुच्चेखोलामा महिला घाईते

तु खबर संवाददाता
२०७५ बैशाख १२, बुधबार १७:४९
File Photo

हेटौँडा, १२ बैशाख । मकवानपुरको हेटौँडा–७ न्यूरेनीमा भएको दुर्घटनामा घाईते भएका युवकको उपचारको क्रममा आज मृत्यू भएको छ ।

कान्ति लोकपथ अन्तरगत हेटौडा–७ न्यूरेनीमा चौघडाबाट हेटौँडा आउँदै गरेको ना ९ प ८२५७ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट गईरहेको ना ७ ख ७९५६ नम्बरको ट्रकले मंगलबार ठक्कर दिँदा हेटौँडा–१ लालझाडीका २५ बर्षीय बालकृष्ण दाहाल घाईते भएका थिए । ट्रकको ठक्करबाट गम्भिर घाईते भएका उनको हेटौँडा–११ चुरेहिल हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मंगलबार राति नै हेटौंडा–६ चुच्चेखोलामा ना १४ प १२३६ नम्बरको मोटरसाईकलको ठक्करबाट स्थानिय ५० वर्षिया जानुका चौलागाई घाइते भएकी छिन् । उनलाई चुरेहिल हस्पिटलमा उपचार हुन नसकेपछि भरतपुर पठाईएको छ । ठक्कर दिने मोटरसाईकल चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*