हेटौँडामा १६ हप्ते कृषक पाठशालाको उद्घाटन

तु खबर संवाददाता
२०७५ बैशाख १२, बुधबार १०:०४
Pic : eventsinnepal

हेटौँडा, १२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा १६ हप्ते आइपिएम कृषक पाठशालाको उद्घाटन गरिएको छ । वडा नम्बर १ का २५ जना महिला र पुरुष सहभागी पाठशालाको उद्घाटन गरिएको हो ।

१ नम्बर वडाको कृषि विकास समिति अध्यक्ष कृष्णबहादुर पराजुलीको अध्यक्षता र वडा नम्बर १ वडा सदस्य सोमलाल स्याङ्तानको प्रमुख आतिथ्यतामा पाठशालाको उद्घाटन भएको हो ।

रासायनिक मल र विषादि नियन्त्रणमा केन्द्रित रहेन १६ हप्ते पाठशालामा लहरे तरकारीको खेती समेत गरिनेछ । सिकाईसँगै लहरे तरकारी छर्ने, उमार्ने, गोडमेल गर्ने र बाली भित्र्याउने सम्मको कार्य तालिम अवधिभर गरिने छ । १६ हप्ते पाठशालको सहजिकरण जिल्ला आईपिएम कृषक समिति मकवानपुरका सचिव घमराज तिमल्सिना र सदस्य रामप्रसाद तिमल्सिनाले गर्नेछन् ।

पठशाला उद्घाटन कार्यक्रममा लालझाडी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष अष्टमान थोकर, मातृभूमि कृषि उद्योगका संचालक अध्यक्ष जीवन तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*