खोला नखनी विकास निर्माणको काम अधि बढेन सिडिओ : बुढा
मकवानपुर ११ बैसाख । मकवानपुरका क्रसर उद्योगहरुले फेरी अबैधानिक रुममा खोला उत्खनन् गर्न थालेका छन् । मकवानपुरका सिडियोलाई यसबारे जानकारी गराउँदा विकास निर्माणको कामलाईनै प्रभाव परेको कारण आफुहरुले खुलाएको खुलासा गरे । मकवानपुरमा नबिकरण नभएका क्रसर उद्योगहरुमा अबैधानिक तरिकाले थुपारीएका ढुङगा, गिट्टी, वालुवा जफत गर्नका लागि स्थलगत अनुगमन उपसमितिको प्रतिबेदनमा उल्लेख गरिएको छ । उक्त सुझाब जिल्ला प्रशाशन कार्यालय र जिल्ला समन्वय समितिलाई दिईएको छ ।
अबका दिनहरुमा आईई गरेका खोलाहरुमा उत्खनन् गरिएपनि नविकरण नभएका क्रसर उद्योगमा नदिजन्य सामाग्री लैजान रोक्नका लागि प्रतिवेदन मार्फत सुझाब पनि प्रशासनलाई दिइएको छ । तर मकवानपुरका सिडिओ चक्रबहादुर बुढा र जिल्ला समन्वय समितिका समन्वय अधिकारी नारायण प्रसाद मैनालीको निर्देशनमा खोला पुन उत्खनन् गर्न दिईएको छ ।
प्रतिवेदन विपरित अहिले हेटौंडाको रापती खोला, मनहरी गाउँपालिका क्षेत्रकोे रापति खोला क्षेत्र, भैँसेको किसेडी खोला लगाएतका क्षेत्रहरुमा खोला दोहन भईरहेको छ ।
ती सबै सामाग्री नजिकका क्रसर उद्योगमा लगिएको छ । नबिकरण नभएका क्रसर उद्योगहरुले विकाश निर्माण आयोजनाका नाममा खोला दोहन गरेको समाचार बाहिर आएपछि करिब एक महिना लगाएर जिल्ला प्राबिधीक कार्यालय मकवानपुरका प्रमुख जिल्ला ईन्जिनियर सोमराज तिमल्सीनाको संयोजकत्वमा ढुङगा, गिट्टी, वालुवा उत्खनन्का बिषयमा निरीक्षण र प्रतिवेदन तयार गर्नका लागि समिति गठन गरिएको थियो ।
सरकारी तहका आठ कार्यालय र सामाजिक क्षेत्रका एक कार्यालयले स्थलगत रुपमा अनुगमन गरेर तयार पारेको ३३ प्रृष्ट लामो प्रतिवेदनलाई कुल्चदै फेरी खोला दोहन गर्नका लागि समन्वय समिति र प्रशासनले अनुमति दिएका हुन् । अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनको पेज नंमबर १० मा अब समन्वय समिति र प्रशाशन सहितका कार्यालयले विकास निर्माण आयोजनाका नाममा दिईएका ढुङगा, गिट्टी, वालुवा, जस्ता नदिजन्य पदार्थहरु सम्बिन्धित आयोजनामा नै लैजानुपर्ने, आयोजना स्थलमानै आयोजनाका लागि प्रसोधन गरेर नदिजन्य सामाग्रीको प्रयोग गर्ने वातावरण मिलाउनका लागि सुझाब दिइएको छ ।
यसैगरी आयोजनाका नाममा नविकरण नभएका क्रसर उद्योगहरुमा नदिजन्य सामाग्रहिरु थुपार्ने कार्य तत्काल नियन्त्रण गर्नका लागि प्रतिवेदन मार्फत सम्बन्धित पक्षलाई सुझाब दिइएको छ । यस भन्दा अगाढी आयोजनाका नाममा क्रसर उद्योगहरुमा थुपारीएका नदिजन्य सामाग्री प्रशाशनले जफत गर्नका लागि सुझाब पनि दिइएको छ । अनुगमन उपसमितिले तयार पारिएको प्रतिवेदन मकवानपुरका प्रमुख जिल्ला अधिकारी बुढालाई बुझाइएको र कार्यानयन गर्ने पाटो पनि उहाँहरुकोनै भएको स्थलगत प्रतिवेदन उपसमितिका संयोजक सोमराज तिमल्सीनाले बताए ।
झण्डै एक महिना सम्म खोलाका बगर, क्रसर उद्योगमा स्थलगत गएर तयार पारिएको प्रतिबेदन विपरित काम गरिनु अत्यन्त गैर जिमेवार काम भएको उपसमितिका एक सदस्यले बताए । विकास निर्माणका कामहरु धेरैनै भएकाले त्यस्ता कामहरु नरोकियोस भनेर फेरी खोला उत्खनन् गर्न दिइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए ।
