हेटौँडाको वस्तुस्थिति बुझ्दै ७३ सांसदहरुले गरे हेटौँडामा भ्रमण
हेटौँडा, ११ बैशाख । प्रदेश नम्बर ३ का ७३ जना सांसदहरुले प्रदेश राजधानी मकवानपुरको हेटौँडाको भ्रमण गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघले प्रदेश नं. ३ का सांसदहरुलाई हेटौंडाको भ्रमण गराएको हो ।
संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा गरिएको भ्रमणमा हेटौंडाको बस्तुस्थितिका बारेमा सांसदहरुलाई अधिकतम बुझाउने प्रयास गरिएको थियो । सांसदहरुलाई हेटौंडाको विभिन्न उद्योगहरुमध्ये अन्टार्कटिक विस्कुट उद्योग, हेटौंडा दुग्धवितरण आयोजना र शिवम सिमेन्ट उद्योगको अवलोकन गराईएको थियो । त्यसैगरी धार्मिक पर्यटकीय स्थलको रुपमा चर्चित कुष्माण्ड सरोवरको पनि भ्रमण गराईएको थियो ।

दिउँसो २ बजेबाट शुरु गरिएको भ्रमण कार्यक्रम समय अभावको कारण हेटौंडाको अर्को पर्यटकीयस्थलको रुपमा परिचित शहिद स्मारकमा भने लैजान नभ्याईएको संघका अध्यक्ष कटुवालले बताए । मकवानपुरकाउद्योगहरुको अवस्था र यहाँको धार्मिक पर्यटनका विषयमा अवगत गराउँदा सांसदहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उपाध्यक्ष रामप्रसाद न्यौपानेले बताएका छन् ।
भ्रमणलाई सफलबनाउन अन्टार्कटिक विस्कुट उद्योग, हेटौंडा दुग्धवितरण आयोजना, रिलायन्स बोर्डिड्ड स्कूल र हेटौंडा एकेडेमीबाट सहयोग प्राप्त भएको थियो । भ्रमणपश्चात आयोजित शान्त रात्रीभोजको व्यवस्था शिवमसिमेन्टबाटले गरेको थियो ।

