अज्ञात समूहको आक्रमणबाट पत्रकार जैशी घाइते

तु खबर संवाददाता
२०७४ मंसिर ३, आईतवार १५:४२
फोटो–गुगल

धनगढी, ३ मंसिर । अज्ञात समूहको आक्रमणबाट कैलालीमा एक पत्रकार घाईते भएका छन् । नेपाल पत्रकार महासंघ कैलालीका सदस्य लक्ष्मी जैशीलाई गए राति अज्ञात समूहको आक्रमणबाट परेर घाईते भएका हुन् । आक्रमणबाट परि उनको टाउको र निधारमा चोट पुगेको छ ।
जैशीलाई गएराति एक समूहले कैलालीको बौनियाँस्थित आफ्नै निवासमा सांघातिक आक्रमण गरेको प्रेस चौतारी नेपाल कैलाली शाखाले जानकारी दिएको छ । शाखाले पत्रकार जैशीमाथि भएको आक्रमणको विरोध गर्दै दोषी पत्ता लगाई सजाय दिन माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*