शिखरपुरमा बाम गठबन्धनको प्रचारप्रसार कार्यालय उद्घाटन
बकैया, १९ कात्तिक । मकवानपुरको शिखरपुरमा बाम गठबन्धनको प्रचारप्रसार कार्यलय उद्घाटन भएको छ । बाम गठबन्धनको प्रदेशसभा बकैया गाउँपालिका शिखरपुरको वडा न ८ र ९ को प्रचारप्रसार कार्यालयको छुट्टाछुट्टै कार्यलय उद्घाटन गरिएको हो ।
८ नम्बर वडामा ज्ञान बहादुर थोकरको संयोजकत्व तथा रामबहादुर गोलेको सहंयोजकत्वमा १ सय ७१ सदस्यीय वडास्तरिय प्रचारप्रसार समिती चयन गरिएको छ भने वडा न ९ मा ईन्द्रबहादुर स्याङ्तान संयोजक र टंकबहादुर थिङ सहसंयोजक रहनेगरी कमिटि निर्माण गरिएको छ ।
कार्यक्रममा बामगठबन्धनका मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभा क का उम्मेदवार प्रेम बहादुर पुलामी, निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन परिचालन कमिटिका संयोजक कमानसिं पाख्रिन लगायतले मन्तव्य राखेका थिए ।
