सञ्जय दृष्टि
यश लामाको ‘अगुल्टो नाच’ हेरेपछि
प्रवेश मकवानपुरे साहित्यिक क्षेत्रका परिचित सर्जक हुन् यश लामा । पेसाले अध्यापक लामा गर्दछन् समसामयिक विषयमा फरक धारका कविता सिर्जना । अनि गर्दछन् समसामयिक यथार्थमाथि चोटिलो प्रहार । समयको आवाजलाई पार्दछन् बुलन्द । आफूलाई कवितामा बढी चिनाएको भए पनि छन् उनी अन्यान्य विधामा पनि सिद्धहस्त । मनका गुम्फन, असन्तुष्टि...
कौशल पाण्डेको बहु आयामिक व्यक्तित्वको चिनारीः ‘स्मृतिका पानाहरू’
मकवानपुर । कतिपय मानिसले आफ्नो जीवनमा कुनै परिचय बनाउन पाउँदैन । परिचय बनाउन नपाइकन उसको जीवन व्यतीत हुन्छ र कतिपय मानिस यस्ता हुन्छन् जसका एकभन्दा बढी व्यक्तित्व समाजमा स्थापित हुन पुग्दछन् । एकभन्दा बढी व्यक्तित्व बनाउन सक्ने व्यक्तिलाई बहुमुखी प्रतिभा भनिन्छ । बहुमुखी प्रतिभा आज भोलि कम भनिन थालिएकोमा...
साहित्यकार बबी थापाको ‘सूत्र’ को संङ्क्षिप्त विश्लेषण
मकवानपुर । गत दशकमा जागरुक महिला सम्मानबाट सम्मानित भइसकेकी एक सशक्त साहित्यकार हुन् बबी थापा । करिब तीन दशकदेखि मकवानपुरे साहित्यमा निरन्तर लाग्ने हस्तीमा पर्ने नाम हो बबी थापा । साहित्यिक तथा सामाजिक काममा निरन्तर सक्रिय बबी थापाका रचनाहरु विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । साहित्यकार थापाको प्रकाशित कृतिबारे...
सुशीलराज गिरीको ‘आन्दोलन’
मकवानपुर । रामबाण द्वैमासिक व्यङ्ग्यपर्चाको धनुः २, बाणः १, कुलबाणः ७, वैशाख–जेठ २०६१ को पृष्ठ ५ मा प्रकाशित छ, सुशीलराज गिरीको ‘आन्दोलन’ । यस अंकमा आरसी रिजालको जरिवाना लघुकथा, सञ्जय साहको असल संस्कृति लघुकथा, सुमन झापालीको कल्ले जान्नु लघुकथा, गोविन्दराज विनोदीको अन्तर्वार्ता, रामकुमार एलनको घटनाक्रम लघुकथा, शरण बानियाँको गजल,...
इमानको हेटौँडा
अहिले म त्यो दिन सम्झिरहेको छु, जुनदिन हेटौँडा पहिलोचोटि पुगेको थिएँ । हेटौँडा पुग्नुको आफ्नै स्मृति छ । यो स्मृतिले मलाई पवित्र पार्दछ । जहिले मलाई उक्त दिनको स्मृति हुन्छ, मलाई त्यो क्षणको सम्झना हुन्छ जतिबेला मेरो मस्तिष्कमा हेटौँडाको चित्र उतारिँदै थियो, म पुग्दै नपुगेको हेटौँडाले मेरो मस्तिष्कमा एउटा...
हेटौँडाको साहित्यिक उन्नयन
अन्यथा अर्थ नलागोस्, यहाँ हेटौँडा भन्नाले मकवानपुर जिल्ला बुझिन्छ । अनि यहाँ सन्दर्भ केवल साहित्यको मात्र हुनेछ । हेटौँडेली साहित्य भन्नाले मकवानपुरे साहित्य हो भन्ने अर्थ यहाँ लगाइएको छ । पहिले, छतिवनलाई ग्रामीण साहित्यको केन्द्र भनिन्थ्यो । अहिले झरना साहित्यिक परिवार मकवानपुर भइसकेको छ । हर्नामाडीतिर पनि साहित्यिक गतिविधि...
नियात्रा: द्रूतमार्गमा ओहोरदोहोर
भर्खर निर्माणले आरम्भ पाउँदै गर्दा दू्रतमार्ग (फास्ट ट्रयाक) को नाममा एकपटक बकैया खोला भएर छतिवन जान खोजेका थियौँ – म र किशुनदयाल श्रीकृष्ण । श्रीकृष्ण केही वर्षदेखि साहित्यिक यात्राका सारथि छन् मेरा । म चाहिँ युद्धको अर्जुन होइन । म बाइक चलाउन जान्दिनँ, यसैले कतै संयुक्त निम्तो हुँदा बाइकको...
मकवानपुरमा बहुभाषा साहित्य
मकवानपुरलाई साहित्यको राजधानी मानिन्छ । आजभोलि देशको संघीय राजधानीका विशिष्ट साहित्यकारहरुले पनि बागमती प्रदेशको राजधानी हेटौँडालाई साहित्यको राजधानी मान्ने गरेका छन् । यो निकै सकारात्मक पक्ष हो । यसले साहित्यको क्षेत्रमा मकवानपुरले गरिरहेको कर्मको मूल्यांकन भएको छ । साहित्यमा मकवानपुरको विशिष्टताको मगमगाउँदो सुगन्ध विस्तार भइरहेको छ । साँच्चिकै मकवानपुरमा...
‘गर्छ, साहित्यमा मकवानपुरले गर्छ’
“सहित शब्द र अर्थ काव्य हो, न शब्द मात्र काव्य न त अर्थ मात्र, यिनीहरुको सहभाव नै काव्य हो ।–शब्दार्थौ सहितौ काव्यम्)” इसाको छैटौँ शताब्दीमा काव्यालङ्कार भन्ने पुस्तकमा भामहले दिएको यो परिभाषालाई साहित्यको पहिलो औपचारिक परिभाषा मानिन्छ । यसमा काव्य भन्नु चाहिँ साहित्य हो किनभने त्यस युगमा साहित्य शब्दको...
श्यामकुमार बानियाँको ‘इच्छा’ बुझ्दा
काला रक्त पिपासुले धरतीमा, गर्जेर थर्काउँदा बान्यौ अग्नि शिखा जुट्यौ समयमा बन्दूक पड्काउँदा धर्तीमा समतानपार ममता, हुङ्कार औ गर्जदै बैरीकालबटा सह्यौ समरमा, रक्ताक्त भै लम्कँदै । ‘रौतहट रश्मि’ साहित्यिक त्रैमासिक पत्रिकाको ५ औँ अंकमा प्रकाशित छ श्यामकुमार बानियाँको ‘इच्छा’ शीर्षकमा कविता । पत्रिकाको दशौँ पृष्ठमा प्रकाशित यो कविता सात...



