सञ्जय दृष्टि

‘स्मृति’ मासिकको प्रवेशाङ्कपछिका पाइलाको खोजी …

मकवानपुरे साहित्यलाई कुनै बेला हवाई साहित्यिक पत्रकारिताले निकै भरथेग गरेको थियो । जतिखेर हवाई मित्रता अर्थात् पत्रमित्रताले ओरालो यात्राको सुरुआत गरेको थियो, त्यही बेला नेपाली साहित्यमा हवाई साहित्यिक पत्रकारिताले उत्कर्ष प्राप्त गरेको थियो । हवाई साहित्यिक पत्रिकाबाट रचना प्रकाशनारम्भ गरेर कैयौँ प्रतिभा नेपाली साहित्यको मूल धाराका सशक्त हस्ताक्षर बनेका...

‘अनुत्तरित प्रश्न’मा कथाकार समीर पाख्रिन

कथा धेरै लोकप्रिय विधा हो । अहिले पनि कथा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मन पर्ने साहित्यिक रचना हो । लोक कथा देखि धार्मिक तथा आधुनिक कथासम्म सबै किसिमको कथालाई उमेर, रुचि तथा शिक्षा र चेतनाको स्तर हेरेर मन पराएकै पाइएको छ । लोककथा, नैतिक कथा, उपदेश तथाअन्य दृष्टिकोणले विचार गर्ने हो...

कहाँ गए होलान् ‘सुनौलो फूलबारी’का ती फूलहरू

सञ्जय साह मित्र अहिले मेरो हातमा आमसाई स्कुलको प्रस्तुति उल्लेख गरिएको वर्ष १, अङ्क १, पूर्णाङ्क १, असार–भदौ, २०६० को ‘सुनौलो फूलबारी’ बाल साहित्यिक त्रैमासिक रहेको छ । “यो वसन्त ऋतु अर्थात, मधुमास । हाँगाहाँगामा फूलहरू मुस्कुराइरहेका छन् । …” यसरी सम्पादकीय आरम्भ गरिएको छ पत्रिकाको । सम्पादकीयकै अन्तिम...

‘विसङ्गत वर्तमान’लाई नियाल्दा

मकवानपुरे साहित्येतिहासका पाइलाहरू क्रमशः अगाडि बढिरहेका छन् ऐतिहासिक मोडहरूका साथ । साहित्यका विविध विधामा मकवानपुरे साहित्य बढिरहेकै छ अगाडि, नेतृत्व गरेको काव्यविधाले । काव्यविधाका प्रतियोगिताहरू, पुस्तक प्रकाशन तथा पुरस्कार प्रदानादिले यसलाई पुष्टि गर्दछन् र प्रमाण दिन्छन् यहाँका पत्रपत्रिकामा छापिने रचनाहरूले । दैनिक अखबार, अनलाइन, टेलिभिजन तथा साहित्यिक पत्रपत्रिकाहरूमा सबैभन्दा...

कवि आर.आर. चौलागाईँको ‘नेपाल घुम्न जाऔँ’ गीत : लघु विश्लेषण

१. विषय प्रवेश मकवानपुरे माटोमा फक्रेका विशिष्ट साहित्यकार हुन् आर.आर. चौलागाईँ । सरल भाषामा गहन काव्यसिर्जना गर्ने चौलागाईँ नेपाली साहित्यका हुन् स्थापित सर्जक । सम्भवतः चार दशकदेखि साहित्यको विभिन्न विधालाई सिंचित गरिरहेका चौलागाईँको मुख्य विधा हो काव्य । काव्यका कविता र गीतमा अझ बढी खुलेका छन् यिनी । गीतका...

नवसर्जकको बढ्दो पाइला

साहित्यको क्षेत्रमा मकवानपुरमा केही नयाँ प्रयोगहरुमध्ये पछिल्लो चरणमा जोडिएको छ : नवसर्जक । यो एउटा अभियानको रुपमा अगाडि बढिरहेको छ । मकवानपुरमा साहित्यको विकासमा चलाइएको यो अभियान मकवानपुरमा मात्र सीमित छैन । अहिले यो विस्तारै सात वटै प्रदेशमा नवसर्जकको शाखा विस्तार भइसकेको छ र विदेशमा पनि यसको शाखा गठन...

तीन दशकपछि ठिंगन

अमूर्त चित्र उतारेको थिएँ तीन दशक पहिले ठिंगनको । २०५० को फागुन–चैतमा मकवानपुर गढीसम्म पुग्ने सजिलो बाटो थिएन, त्यत्तिखेरै हो, केही साथीहरुसित निकै कठिनाइका साथ गढी पुगेको । अनि त्यहाँबाट फेरि ढुंगेगढी पनि पुगेको । साँच्चिकै ढुंगेगढी पुगेपछि त्यहाँबाट फर्किने क्रममा पूर्वतिर हेरेको दृश्य अत्यन्त मनोरम थियो । त्यो...

सहिद स्मारकमा एक साँझ

वर्तमान हेटौँडेली पहिचानको एक विशिष्ट अंग बनेको सहिद स्मारकमा पहिलोपटक सन्ध्यारमण गर्ने मौका आउन लागेकोमा उत्साहित थिएँ । स्मारकको शिलान्यासदेखि अझ सहिद स्मारक भनेर चिनाउने मूल जुन पवित्र पत्थर बनेको छ, त्यस पत्थरले सरस्वतीटोलको सरस्वती खोलाबाट मुक्ति पाउँदै गर्दाको साक्षी रहेको हुनाले यससित मेरो आफ्नै आत्मीय सम्बन्ध पनि रहेको...

‘अनुभूतिका आँखाहरू’को बोध र अभिव्यक्ति

प्रवेश मकवानपुरे साहित्यिक उर्वरभूमिमा सिर्जनामा रमाइरहेका सर्जक हुन् सेवा निवृत्तअध्यापक ऋषिराम पोखरेल ‘बकिमहे’ । बकिमहे संक्षेप हो पोखरेलको जन्मस्थल बटेश्वर, हुर्केको ठाउँ किसाननगर तथा जीवनवृत्तिको भूमि मकवानपुर हेटौँडाको । दशकौँदेखि साहित्य सिर्जनामा रहेका, फाट्टफुट्ट प्रकाशन गर्दै आएका पोखरेलको पहिलो प्रकाशित कृति हो – ‘अनुभूतिका आँखाहरू’ । कथाजस्तो लाग्ने यथार्थ,...

‘अराजक आमाहरु’को सन्दर्भमा

१. विषय प्रवेश नेपाली साहित्यको काव्यफाँटमा आफ्नो दमदार उपस्थिति जनाइरहेकी एक सशक्त मकवानपुरे कवयित्री हुन् अनिता न्यौपाने । चिनाइरहनु पर्ने नाम होइन कविता पाठकका लागि, यद्यपि न्यौपानेले आफूलाई अब्बल साबित गरिसकेकी छन् आख्यानमा पनि । अन्यान्य विधा–उपविधमा पनि सिर्जना आएको देखिए पनि न्यौपाने मूलतः हुन काव्यधाराका उज्ज्वल हस्ताक्षर ।...