समाचार
ग्यास विस्फोट घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ । ग्यास विस्फोटमा परेर घाइते भएका थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ पुगेको हो । मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ...
हेटौंडामा सूचनाको हकको व्यवहारिक कार्यान्वयन सम्बन्धी राष्ट्रिय कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सूचनाको हकको व्यवहारिक कार्यान्वयन सम्बन्धी सरोकारवालाको भूमिका विषयक राष्ट्रिय कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने उद्देश्यले सूचनाको हकका लागि राष्ट्रिय महासंघले शनिबार कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम महासंघका अध्यक्ष उमीद प्रसाद बागचन्दको सभाध्यक्षता तथा राष्ट्रिय सुचना आयोगका...
हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा
मकवानपुर । पछिल्लो समय हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा परेको छ । लामो समयदेखि बन्द र आर्थिक सङ्कट गहिरिँदै गएको हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा परेको हो । हेटौंडा सिमेन्ट उद्योग विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि बन्द भएको थियो । उपकरणहरु मर्मत सम्भार गरी...
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
काठमाडौं । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाको रहेको बुझिइएको छ । आइतबार बिहान भएको...
सिंहदरबारमा सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक जारी
काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक हाल जारी छ । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको सहभागिता रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा...
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
नवलपुर (पूर्व) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा देवचुली नगरपालिका–१६ का २९ वर्षीय केशव महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले...
अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
काठमाडौं । सरकारले करिब २२ लाख थान स्मार्ट सवारी लाइसेन्स छापेर वितरण गर्न बाँकी रहेको छ । चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा डेढ लाख सवारी लाइसेन्स छापेर वितरण गरेको सरकारले अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको जनाएको हो । सरकारको यातायात व्यवस्था विभागले आर्थिक...
यी चार प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको विभिन्न प्रदेशमा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना जनाएको हो । महाशाखाका अनुसार, हाल देशमा...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक संसद् भवन नयाँबानेश्नरमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा प्रधानमन्त्री...
‘सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दैछ’
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् । मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको शनिबार उद्घाटन गर्दै यस्तो बताएका हुन् । अध्यक्ष दाहालले देशैभरि नयाँ राष्ट्रिय एकता...










