समाचार
सामाजिक संजालको प्रयोगलाई नियमन गर्नुपर्छः योगेश भट्टराई
मकवानपुर । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले सामाजिक संजालको प्रयोगलाई नियमन गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मकवानपुरको हेटौंडामा सम्पन्न नबौ जिल्ला अधिवेशनको उद्घाटन् गर्दै उनले सामाजिक संजाललाई प्रतिबन्ध भन्दा पनि नियमन गर्नुपर्ने बताएका हुन् । उनले सत्ताको कमजोरी, राष्ट्रिय एकता र व्यक्तिगत मर्यादामा नोक्सान पुर्याउने सामग्रीको...
स्वास्थ्य शिविरमा १४४ ले लिए सेवा
मकवानपुर । रेडियो मकवानपुरले मकवानपुरगढी ४ मा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १४४ जनाले सेवा लिएका छन् । रेडियोको १५ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थको २७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मकवानपुरगढी ४ को ठेकीचोकमा आयोजित स्वास्थ्य शिविरमा १४४ जनाले स्वास्थ्य...
साइकल यात्रासँगै मनकामना मन्दिर परिसर सरसफाई
मकवानपुर । साइकल सिटि हेटौंडा मकवानपुरले साइकल यात्रासँगै सरसफाई कार्यक्रमको आयोजना गरेको छ । साप्ताहिक साइकल यात्रा तथा सरसफाई कार्यक्रम अन्तरगत आज बिहान मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४, स्थित मनकामना मन्दिर परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिए । स्वास्थ, पर्यावरण अनि पर्यटनको निम्ति साइकल...
हेटौंडामा सामूहिक वेल विवाह हुँदै
मकवानपुर । इहि यज्ञ सुवर्ण कुमार वेल विवाह गुठी हेटौंडाको आयोजनामा ५३ औँ सुवर्ण कुमार वेल विवाह कार्यक्रम हुने भएको छ । गुठीले पत्रकार सम्मेलनमार्फत् यही माघ २० र २१ गते सामुहिक वेल विवाहको आयोजना गर्न लागेको जानकारी गराईएको हो । हेटौंडा १० निवासी शंकरलाल श्रेष्ठले उक्त कार्यक्रम बसपार्क...
प्रचण्ड नेतृत्वको बिकल्प छैन: महासचिव गुरुङ
मकवानपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय महासचिव देबप्रसाद गुरुङले मुलुकको समृद्धि र विकासको लागि प्रचण्ड नेतृत्वको विकल्प नभएको बताएका छन् । शनिवार बिहान माओवादी मकवानपुरका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा महासचिव गुरुङले मुलुकमा माओवादीको एजेन्डा स्थापित भएकोले माओवादी प्रति जनलहर बढेको बताए । लोकतन्त्रको रक्षा गर्ने पार्टी माओवादी केन्द्र...
सातामा २२०० रुपैयाँ बढ्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा यो साता सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । अघिल्लो साताको शुक्रबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन यो साता शुक्रबार तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
कांग्रेस सभापति कलौनी मृत अवस्थामा भेटिए
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । कलौनी शनिबार बिहान सडक पेटीमा घोप्टो परेको अवस्था मृत भेटिएका हुन् । उनको शव नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर मामाभाञ्जा चोक नजिक फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनको घर पनि...
मकवानपुर प्रहरीद्वारा पाँच जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न घटनामा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषधसहित तीन जना र लागूऔषध सेवन गरेर सवारी चलाउने दुई जना गरि पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीले ५ किलो ५९० ग्राम लागूऔषध गाँजासहित माघ...
एमालेका सचिव योगेशकुमार भट्टराई हेटौंडा आउँदै
मकवानपुर । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई आज हेटौंडा आउँदै छन् । शनिबार हुने प्रेस चौतारी नेपाल मकवानपुरको दशौँ अधिवेशनको उद्घाटन गर्न भट्टराई हेटौंडा आउन लागेका हुन् । दशौं अधिवेशन कार्यक्रममा प्रमुख आतिथ्यताको भूमिकामा सचिव भट्टराई हेटौंडा आउन लागेको प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले जानकारी दिए...
विद्यालय तहको पाठ्यक्रम र मूल्याङ्कन सम्बन्धी तालिम सुरु
मकवानपुर । विद्यालय तहको पाठ्यक्रम र मूल्याङ्कन सम्बन्धी दुई दिवसीय तालिम शुक्रबारदेखि मनहरी–४ स्थित पशुपतिनाथ माविमा सुरु भएको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा तालिम सुरु भएको हो । पशुपतिनाथ माविमा भएको तालिममा कृष्ण पौडेल र बिवशजङ थापाले सहजीकरण गरिरहेका छन् । विद्यालयमा मनहरी–४ को सृजना...










