समाचार
सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँड हुने मिति तय
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड हुने मिति तय भएको छ । गत कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुल्ला गरेको उक्त आईपीओ मंगलबार बाँडफाँड हुने भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । कम्पनीले...
कर्णाली प्रदेशका ३ मन्त्री आज पदमुक्त हुँदै
सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमवार) पदमुक्त हुँदैछन् । प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार उनीहरु आज पदमुक्त हुने भएका हुन् । आज सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री...
मुख्यमन्त्री आचार्यको छिनोफानो आज
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (सोमबार) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री आचार्यले आज अपराह्न १२ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका अनुसार, बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने...
त्रिअविको महाप्रबन्धकमा गुरागाईँ
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँले जिम्मेवारी पाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएशन सेफ्टी एण्ड सेक्युरिटी विभाग प्रमुख रहनुभएका गुरागाईँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको हो । प्राधिकरणले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई सरुवा गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठान प्रमुखको जिम्मेवारी दिएको छ । हाल प्रतिष्ठान प्रमुख रहनुभएका...
नेपाल–भारतमैत्री बससेवा पुन : सञ्चालनमा
राँझा । कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो । कोरोनाको त्रास कम भएसँगै सीमानाकामा दुवै देशबाट सवारी...
गण्डकीमा २६७१ सहकारी, उद्यमशीलताको विकास हुँदै
गण्डकी । गण्डकी प्रदेशमा २६७१ सहकारीमार्पmत आर्थिक गतिविधि सञ्चालन भएको एक प्रतिवेदनले देखाएको छ । सहकारिताको मुख्य लक्ष्यका साथ देशभर सहकारी खोल्ने क्रम बढिरहँदा प्रदेशभित्र ठूलो सङ्ख्यामा सहकारी रहनुका साथै धेरै सर्वसाधारणको सहकारीमा आकर्षण बढेको पाइएको हो । सामान्य ऋण सहयोगका लागि साहुका घरघर गुहार्नुपर्ने बाध्यतालाई सहकारीले अन्त्य गर्नुका...
डुबानका घर सरसफाइ गरिँदै
टीकापुर । कैलालीको सत्तीकी लक्ष्मी सुनारको घर कात्तिक पहिलो साता आएको बाढीले डुबानमा पर्यो । यसपछि उनको परिवार तीन दिन विद्यालयमा र बाँकी १० दिन आफन्तको घरमा आश्रय लिएर बस्यो । हाल तिहार अर्थात् भाइटीका नजिकिन थालेपछि उहाँको परिवार घर फर्किएर घर सरसफाइमा लागेको छ । “घर सफा गर्दै...
राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने
कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । प्रशासनले आइतबार सूचना जारी गरी कोभिड–१९ रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापण्ड पूर्णपालना गरी...
नेकपा एकीकृत समाजवादी खोटाङका इन्चार्जमा चाम्लिङ र अध्यक्षमा राई
खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । यही कात्तिक १२ र १३ गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकले जिल्ला कार्यसमितिको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज एवं जनवर्गीय सङ्गठन निर्माण गरेको हो । जिल्ला अध्यक्षको जिम्मेवारी...
राष्ट्रपति भण्डारी आज मनाङ जाँदै
मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाने भएकी छिन् । अवलोकन भ्रमणका लागि उनी मनाङ जान लागेकी हुन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ जाने जानकारी दिए । मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण...








