समाचार

कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा

सुर्खेत । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत पुगेका छन् । मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तरक्रियासमेत गर्ने कार्यक्रम रहेको छ । गत असोज ३१ गतेदेखि...

अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा

किमाथाङ्का । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका छन् । खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए । नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा...

बागलुङ कालिका भगवती गुठीमा चार करोडको कोष

बलेवा । बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य कालिका भगवती गुठीमा रु चार करोड २३ लाखको कोष जम्मा भएको छ । गुठी व्यवस्थापन समितिले कालिका मन्दिर परिसरमा करोडौँ रुपैयाँ बराबरको विकास निर्माण गरेर पनि उक्त कोष जम्मा गरेको हो । भक्तजनले चढाएको भेटीबाट कोष जम्मा गर्न सकेको समितिले जनाएको छ ।...

विष्णु–चन्द्र पुडासैनी वाङ्मय मन्दिरबाट नौ पुरस्कार दिइने

काठमाडौँ । विष्णु–चन्द्र पुडासैनी वाङ्मय मन्दिरले भारत, मगध सम्राट् अशोक मौर्य तथा नेपालका पूर्वप्रधानमन्त्री जङ्गबहादुर राणा, राजा महेन्द्र र राजनीतिज्ञ बिपी कोइरालाका विषयमा निबन्ध प्रतियोगिता गर्ने भएको छ । सोअनुसार मन्दिरले रु एक लाख राशिका चार प्रथम पुरस्कार, रु ५१ हजारका दुई द्वितीय पुरस्कार र रु २५ हजारका तीन...

नौ लाखसहित २९ जना पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा रु नौ लाख ११ हजारसहित २९ जना पक्राउ परेका छन् । स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति उनीहरुलाई पक्राउ गरेको हो । ठूलो धनराशिका साथ कौडा खेलिरहेको सूचना पाएपछि प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले...

बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत

डोटी । गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढीपहिरोमा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा पुगेर राहत रकम प्रदान गरेका छन् । बाढीपहिरामा ज्यान गुमाएकालाई प्रतिपरिवार रु दुई लाखका दरले रकम प्रदान गरिएको छ । जिल्लाका...

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

जाजरकोट । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गएराति २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश...

मकवानपुरको कैलाशमा अवैध गाँजा खेती फडानी

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा प्रहरीले दिनहुँ गाँजा खेती फडानी गरेको छ । कैलाशका विभिन्न वडामा गाँजा फडानी गर्ने कामलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, बागमती प्रदेश प्रहरी कार्यालय...

प्रेस चौतारी मकवानपुरको आयोजनामा चियापान कार्यक्रम

मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुरले शुभ दिपावली, छठ पर्वको अवसरमा मंगलबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना भएको छ । कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । सो...

आज कुकुर र काज तिहार मनाइदै

काठमाडौं । तिहार अर्थात् यमपञ्चकको आज दोस्रो दिन कुकुर तथा काज पूजा मनाइदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर र कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आजै परेको हो । आज कुकुरको पूजा गरी मीठो खान दिने परम्परा रहेको छ । यसो गर्दा यमलोकको यात्रा गर्दा...