समाचार
एमालेको महाधिवेशन तयारीः उद्घाटन सत्रमा विदेशी पाहुनालाई निमन्त्रणा
काठमाडौँ । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ भने उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको जनाएको छ । आगामी मङ्सिर १० देखि...
नवनियुक्त मुख्यमन्त्री शाहीको जीवनी
कर्णाली । दुईपटक सङ्घीय मन्त्री भइसकेका कांगे्रस नेता जीवनबहादुर शाहीलाई २०७४ सालको निर्वाचनमा पार्टीले मुख्यमन्त्रीका रुपमा प्रदेशको नेतृत्व गर्ने गरी प्रदेशसभातर्फ उम्मेदवार बनायो । प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा कांगे्रसले भने एक सिट मात्र जित्यो । त्यो जितको खाता पनि उनले नै खोले । हुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र (ख)...
आगामी निर्वाचनपछि कांग्रेसको एकल सरकार : डा.महत
फुङ्लिङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचपछि नेपाली कांग्रेसले बहुमत ल्याउने र कांग्रेसको एकल सरकार बन्ने बताएका छन् । आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, “अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचमा नेपाली कांग्रेसको बहुमत आउनेछ र कांग्रेसले नै सरकार निर्माण गर्नेछ...
बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई सहयोग
डोटी । जिल्लाको सायल गाउँपालिकाका बाढीपहिरो पीडितलाई मङ्गलबार राहत रकम वितरण गरिएको छ । गत आसोज ३१ गते देखिको लगातारको वर्षासँगै आएको बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । बाढीपहिरामा ज्यान गुमाएका प्रतिपरिवारलाई रु दुई लाखका दरले पीडितकै घरमा गएर...
सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुुवाइ
काठमाडौँ । सर्वोच्च अदालतको नौ इजलासमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु भएको छ । एक सातामा सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर मङ्गलबार बन्दीका मुद्दामा पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणका ती इजलास तोक्नुभएको थियो । ती मध्ये छ संयुक्त र...
एमाले महाधिवेशन : विद्युतीय उपकरण प्रयोग गरिने
चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको...
कार्यवाहक प्रधानमन्त्री खाँण गन्यापधुरामा
डडेल्धुरा । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गरेका छन् । उनलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिराबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र बस्ती स्थानान्तरणका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाए । सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खाँणले जनतालाई राहत र घर...
राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो । “यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न...
मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको...
ट्रक दुर्घटनामा दुईको मृत्यु
धादिङ । दक्षिणी धादिङको धुनीबेँसी नगरपालिका–१ मा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा धुनीबेँसी नगरपालिका–१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते...









