समाचार

एकीकृत समाजवादी थाहानगरको कमिटी तथा युवासंघ निर्माण

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) को पार्टी कमिटी तथा युवाको संगठन निर्माण गरिएको छ । बुधबार भएको भेलाले सानुकाजी गोपाली नेतृत्वमा ६३ सदस्यीय पार्टी नगरकमिटी गठन गरेको हो । यस्तै, ५१ सदस्यीय युवा संघ नेपाल थाहा नगरकमिटी पनि गठन गरिएको हो । पार्टी तथा युवा संघ...

प्रधानमन्त्री देउवा आज स्वदेश फर्किंदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज् (बेलायत) को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई बिहीबार स्वदेश फर्कँदै छन् । यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२...

धनकी देवी लक्ष्मीको पूजा गरिंदै

काठमाडौं । आज तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा  मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली...

ऐतिहासिक महत्वका गढीहरुको संरक्षण आवश्यकः प्रधान सेनापति शर्मा

मकवानपुर । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले ऐतिहासिक र पुरातात्विक महत्वका गढीहरुको संरक्षण आवश्यक रहेको बताएका छन् । बुधबार भीमफेदी गाउँपालिका वडा नम्वर –६ स्थित चसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले यस्ता गढीको संरक्षणका लागि नेपाली सेना आवश्यक भूमिका निर्वाह गर्न तयार रहेकोसमेत...

ऊर्जामन्त्रीसँग फ्रान्सका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो । सो अवसरमा ऊर्जामन्त्री भुसालले ऊर्जा सञ्चिति तथा ‘हाइड्रो इनर्जी’सँग सम्बन्धी प्रविधिबारे चासो राख्दै नेपालमा उपलब्ध ऊर्जालाई...

अध्यक्ष ओलीद्वारा महाधिवेशन उद्घाटनस्थल निरीक्षण

चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशन उद्घाटनस्थलको अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । आज उनीसहित जिल्लाका नेता तथा कायकर्ताले महाधिवेशन उद्घाटनस्थलको स्थलगत निरीक्षण गरेका हुन् । उनले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायतका विषयमा चासो व्यक्त गरेका थिए । यो ठाउँ बाहेक जिल्लामा विकल्पका...

थप ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

हेटौंडामा चलचित्र ‘चोरपुलिस’ प्रदर्शन हुँदै

मकवानपुर । शुभदिपवाली तथा छठ पर्वको अबसरमा नेपाली कथानक चलचित्र ’चोरपुलिस’ हेटौंडामा प्रदर्शन हुने भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत हेटौंडाको ओम म्याक्स सिनेमा हलमा यही कार्तिक २५ गतेका दिन बिशेष प्रदर्शन हुने भएको हो । दिउँसो १२ बजे र ३ बजे दुई सो गरि चलचित्र प्रदर्शन हुने...

प्रधान सेनापति शर्माद्वारा चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास

मकवानपुर । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका वडा नम्वर –६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको आज एक समारोहकाबीच शिलान्यास गरेका छन् । उनले गढी परिसरमा राष्ट्रिय झण्डोतोलनसमेत गरेका छन् । उक्त समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले चिसापानी गढीसहित देशभरका गढीहरुले देशको सिमा...

नेता बानियाँद्वारा ४ सय घरपरिवारलाई खाद्यान्न सहयोग

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८, बुढीचौरका ४ सय घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् । नेता बानियाँले शुभ दिपावली, छठ पर्वको अवसरमा कांग्रेस मकवानपुरगढी गाउँपालिकाले आज (बुधबार) आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा स्थानीय ४...