समाचार

महिन्द्राको स्कोरपियो दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

काठमाडौँ । सानीभेरी गाउँपालिका–१० तिमिलेमा स्कोरपियो दुर्घटना हुँदा एक दम्पतीको ज्यान गएको छ । दाङबाट कुलपूजामा सहभागी हुन सानीभेरी आएका नरबहादुर ओलीसहित उनका परिवार चढेको लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको डबल क्याब स्कोरपियो शनिबार दिउँसो तिमिलेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी सानीभेरी–१० सार्कीमारे स्थायी ठेगाना भई हाल...

सगरमाथा संवादः तीन दिनमा जलवायु परिवर्तनका विविध पक्षमा छलफल

काठमाडौं । जलवायु परिवर्तनको असरबारे विश्वसमुदायलाई सन्देश दिन नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ आगामी जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ। यो संवादमा करीब ५० देशका तीन सयभन्दा बढी उच्चपदस्थ पाहुना, विज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, मन्त्री तथा जलवायु क्षेत्रमा क्रियाशील व्यक्तिहरू सहभागी हुनेछन्। सगरमाथा संवादमा जलवायु परिवर्तन, हिमाल...

उपभोक्ता ऐन उल्लंघन गर्ने एक कम्पनीलाई दुई लाख जरिवाना

काठमाडौं । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित आठ वटा उद्योग र फर्ममा आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षणसम्बन्धी निरीक्षण गरी विभिन्न निर्देशन तथा जरिवाना गरेको छ। विभागका अनुसार अनुगमनका क्रममा ‘काठमाडौं मार्केटिङ एण्ड ट्रेडिङ हाउस प्रा.लि.’...

भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

काठमाडौं । भारत र पाकिस्तानबीच आज सोमबार वार्ता हुँदैछ । अप्रिल २२ मा जम्मु कश्मीरको पाहलगाममा भएको भनिएको आतंकवादी आक्रमणपछि दुई देशबीच युद्ध चलेको थियो । दुबै देशले एक अर्का देश बिरुद्ध मिसाइल आक्रमण गरेका थिए । पछि विभिन्न देशहरुको मध्यस्थतामा वार्ता भएको र युद्ध विराम समेत भएको थियो...

आज बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज २५६९औं बुद्ध जयन्ती देशभर विविध कार्यक्रमसहित मनाइँदै छ। बुद्ध जयन्ती गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति (बुद्धत्व) र महापरिनिर्वाणको स्मृतिमा हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाउने गरिन्छ। लुम्बिनी, बौद्धनाथ, स्वयम्भूनाथ, रामग्राम लगायत देशभरका प्रमुख बौद्धस्थलहरूमा आज विशेष पूजा–आराधना, दीप प्रज्वलन लगायतका कार्य गरी जयन्ती मनाइँदै छ।...

सव-इन्जिनियरद्वारा ३ करोड ६३ लाख भ्रष्टाचार

काठमाडौँ । उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव इन्जिनियर पदमा कार्यरत कुमार पौड्यालमाथि ३ करोड ६३ लाख रुपैयाँ गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। पौड्यालले आफ्नो सेवा अवधिभर पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान...

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं– सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ । भोली बैशाख २९ गते सोमबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो । सार्वजनिक बिदा भएसँगै भोलि देशभरका सबै सरकारी निकायहरु बिदा हुने छन् ।  

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकम सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसमा वैशाख २२ देखि २८ गतेसम्म...

पाकिस्तानले युद्ध विरामको उलङ्घन गरेको भारतको आरोप

नयाँ दिल्ली । पाकिस्तानले युद्ध विरामको उलङ्घन गरेको आरोप भारतले लगाएको छ । भारतीय विदेश सचिव विक्रम मिसरीले पछिल्लो केही घण्टादेखि पाकिस्तालने युद्ध विरामको उलङ्घन गरिरहेको छ र यसको कडा प्रतिवाद गर्न निर्देशन दिइएको बताए । युद्ध विराम पछि पाकिस्तानले यसको उलङ्घन गर्दै भारतका धेरै ठाउँमा आक्रमण गरेको भारतको...

गभर्नर नियुक्तिमा सरकारले राजनीतिक चलखेल गरिरहेको स्वर्णिम वाग्लेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा सरकारले राजनीतिक चलखेल गरिरहेको आरोप लगाएका छन् । पूर्वी नवलपरासीस्थित रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै शनिबार उनले यस्तो आरोप लगाएका हुन् । वाग्लेलले दुई ठूला दलबीचका बिचौलियामार्फत गर्भनर नियुक्त गराउने बिषयमा होडबाजी...