समाचार

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम

काठमाडौं । लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिका, नेपाल औषधी व्यवसायी संघ...

धितोपत्र बोर्डबाट अख्तियारले ८९ कम्पनीको फाइल लियो नियन्त्रणमा

काठमाडौं । जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि धितोपत्र बोर्डले कमिसन मागेको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डबाट ८९ कम्पनीका फाइल नियन्त्रणमा लिएको छ । फाइल नियन्त्रणमा लिएसंगै यस विषयमा अनुसन्धान थालिएको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार बुधबार दिउँसो धितोपत्र बोर्डमा पुगेर अख्तियारका अधिकारीले...

राष्ट्रसंघका महासचिव गुटेरेसले भने, ‘सैन्य समाधान कुनै समाधान होइन’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारत पाकिस्तान युद्धका सन्दर्भमा सैन्य समाधान कुनै समाधान नभएको बताएका छन् । उनले दुवै देशका सरकार र जनताप्रति सम्मान व्यक्त गर्दै संयुक्त राष्ट्र शान्ति स्थापनामा उनीहरूको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अहिले सम्बन्ध बिग्रिएको देख्दा पीडा महशुस भएको गुटेरेसले बताए । नागरिकहरूलाई निशाना बनाउनु...

मकवानपुरमा बोलेरो दुर्घटना, ९ जना घाइते

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आज बिहान खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा घाइते मध्ये ६...

४० लाख हुण्डीको रकमसहित भारतीय र नेपाली नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित एक जना भारतिय र एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुईँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार...

पाकिस्तानमा भारतको मिसाइल आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

काठमाडौं । भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ । सो आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको अन्र्तर्राष्ट्रिय सञ्चार माद्यमहरुले जनाएका छन् । १५ दिनअघि जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिशोध स्वरुप पाकिस्तानमाथि आक्रमण भएको हो । भारतले सो आतंकवादी आक्रमणमा आतंकीहरुलाई पाकिस्तानले संरक्षण गरेको आरोप लगाएको छ ।...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज वैशाख २४ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ...

एमाले नेता प्रदीप नेपालको निधन

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका पूर्वमन्त्री नेपाल रोगले च्यापेपछि भने राजनीतिबाट बाहिरै थिए । उनको जन्म...

२०४७ पछि सार्वजनिक जिम्मेवारीमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारले विगत र वर्तमानको समान्य समीक्षा नै नगरी औपचारिकता पूरा गर्न मात्र नीति तथा कार्यक्रम ल्याइएको बताएका छन् । प्रचण्डले आफ्नो नेतृत्वको सरकार हुँदा महत्वपूर्ण काम भएको स्मरण गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न भएकाहरुलाई कारवाही गर्नुपर्ने समेत प्रचण्डले बताए ।...

गौशाला नजिकै मोटरसाइकल चेक गर्दा ९५ लाख भेटियो, चार जना पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले आज राजधानी काठमाडौंको गौशाला नजिकै रहेको पिंगलास्थानमा दुई वटा मोटरसाइकल चेकजाँच गर्दा झण्डै एक करोड रुपैयाँ नगद फेला पारेको छ । दुई वटा मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरीले चेकजाँच गर्दा ९५ लाख १७ हजार पाँच सय रुपैयाँ नगद फेला पारेको हो । सदा झै आज अपरान्ह...