समाचार
माओवादी केन्द्रमा फर्कदैँ गंगानारायण श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगा नारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच आज सोमबार एकता हुँदैछ । नेसपाले नेकपा माओवादीसित पार्टी एकता गर्ने निर्णय गरेपछि यो वातावरण बनेको हो । गत निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचन लडेका महिन्द्रा राय यादव पार्टी एकताबाट पछि हटेपछि श्रेष्ठले...
सिटिजन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा १०० प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण (रिन्यू) गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले रिन्यू नगरेर व्यतित भएका बीमालेखहरू आज जेठ १२ देखि २७ गतेसम्म रिन्यू गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा छुट दिने भएको हो। कम्पनीले ३ वर्षभन्दा बढी व्यतित...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १२ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा रहेको छ। युरोपियन युरो एकको खरीददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा, बेलायती...
जेठ १५ गते सरकारले नै हिंसा भड्काउन खोजेको जनआन्दोलन समितिको आरोप
काठमाडौं । आगामी जेठ १५ गते राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलनको घोषणा गरेको संयुक्त जनआन्दोलन परिचालन समितिले सरकारले नै हिंसा भड्काउन खोजेको आरोप लगाउँदै भत्र्सना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते राजावादीहरुको आन्दोलन असफल पार्न एमालेका सबै कार्यकर्ताहरुलाई राजधानी कब्जा गर्न निर्देशन दिएका थिए । संयुक्त...
नो लाइटको निरीक्षण पछि मन्त्री खड्काले भने लोडसेडिङ हुँदैन
काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आइतबार साँझ कुलेश्वरस्थित कालीमाटी नो–लाइट शाखामा स्थलगत निरीक्षण गर्दै उपभोक्ता गुनासो तथा वितरण व्यवस्था सम्बन्धी जानकारी लिएका छन् । नो–लाइट शाखा अन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि मन्त्री खड्काले पत्रकारहरूसँग कुरा...
मिश्र र जबरालाई ४/४ वटा अभियोगमा मुद्धा दायर
काठमाडौँ । तीनकुनेमा राजावादीको पक्षमा प्रदर्शनमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र सोही पार्टीका महामन्त्री धवलशम्शेर राणाविरुद्ध ४/४ वटा अभियोगमा मुद्दा दायर गरिएको छ । सरकारी वकिलले मिश्रसहित ६५ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको हो । मिश्र र राणाविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव,...
अतिरिक्त समूहमा रहेका २३ उपसचिवलाई जिम्मेवारी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा अतिरिक्त समूहमा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिएको छ । शुक्रबार उपसचिवहरुलाई जिम्मेवारी दिने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ । सचिवस्तरीय निर्णयबाट २३ उपसचिवलाई जिम्मेवारी दिइएको हो । आशिष अर्याल, चुडामणि अर्याल, अनुप ढकाल, नवराज बराल, प्रमोद खनाल, लक्ष्मी तिवारीलगायतका...
भारतीय नक्कली नोट कारोबारी युनुस अन्सारी पक्राउ
काठमाडौं । नेपालमा बसेर भारतीय नक्कली नोटको कारोबार गर्दै आएका युनुस अन्सारीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कैद भुक्तान गरी नख्खु कारागारबाट छुटे लगत्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ । राप्रपाका नेता समिम मिया अन्सारीका छोरा युनुस अन्सारीलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरणको कसुरमा पाँच दिनको म्याद थप गरिएको...
तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६१ जनाविरूद्ध मुद्दा
काठमाडौं । खकाठमाडौंको तीनकुनेमा चैत १५ गते भएको आन्दोलनको घटनामा सरकारी वकिल कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध मुद्दा चलाउने गरी अदालतमा मुद्दा लगेको छ। आइतबार जिल्ला अदालत काठमाडौंमा सरकारी वकिलले मुद्दा दर्ता गर्न लागेको हो। प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाका अनुसार ६१ जनाविरूद्ध आइतबार मुद्दा दर्ता गर्ने तयारी छ।...
गभर्नर बन्न खोजेका गुणाकर भट्टको राजीनामा अस्वीकृत
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न कार्यकारी निर्देशक पदबाट राजीनामा गरेका डा. गुणाकर भट्टको राजीनामा अस्वीकृत भएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले भट्टको राजीनामा अस्वीकृत गर्दै आफ्नै सचिवालयमा सरुवा गरेको बुझिएको छ । कार्यकारी निर्देशक भट्टले गभर्नर बन्ने उद्देश्यले गत बैशाख ५ गते राजीनामा दिएका थिए ।...










