समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको खरीददर १३८.४६ रुपैयाँ र बिक्रीदर १३९.०६ रुपैयाँ, युरोपियन युरोको खरीददर १५९ रुपैयाँ र बिक्रीदर १५९.६९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङको खरीददर १८६.०४ रुपैयाँ र बिक्रीदर १८६.८५ रुपैयाँ, स्वीस फ्र्याङ्कको खरीददर १६९.३५ रुपैयाँ र...
मध्यपूर्वमा द्वन्द्व समाधान गर्न युद्धविराम आवश्यक : चिनियाँ राष्ट्रपति सी
चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि युद्धविराम तत्कालै प्राथमिकतामा रहेको र अन्तर्राष्ट्रिय विवाद समाधान गर्न बल प्रयोग गर्नु सही उपाय नभएको बताएका छन्। मध्यपूर्वको अवस्थाका बारेमा आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोन वार्ताका क्रममा उनले द्वन्द्वरत पक्षहरू विशेष गरी इजरायललाई जतिसक्दो चाँडो गोलाबारी बन्द गर्न...
आईएमई पे र खल्ती एकै प्लेटफर्ममा
काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा खल्ती र आइएमई पे एक हुने भएका छन् । नेपाल राष्ट्र बैंकले पहिलोपटक दुई ठूला भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई पे र खल्तीलाई एउटै बनाउन स्वीकृति प्रदान गरेको हो । यो निर्णयसँगै दुई ठूला डिजिटल भुक्तानी प्रणाली एक हुने छन् । नेपाल राष्ट्र...
बोर्डका अध्यक्ष श्रेष्ठको निवेदन खारेज
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमान्डु विरुद्ध दायर गरेको निषेधाज्ञा निवेदन काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ। जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले दुई दिनसम्मको सुनुवाइपछि बिहीबार उक्त फैसला सुनाएको हो। यससँगै नेपालखबर र बिजमान्डुले अध्यक्ष श्रेष्ठबारे प्रकाशित गरेका समाचार सामग्रीहरू हटाउनुपर्ने बाध्यता हटेको छ।...
इजरायलको अस्पतालमा इरानको मीसाइल
इरानले दक्षिणी इजरायलको सबैभन्दा ठूलो अस्पतालमा आक्रमण गरेको छ। अस्पतालले हल्का चोटपटक लागेका धेरै बिरामीको उपचार गरिरहेको जनाएको छ ।यसरी इजरायलका प्रधानमन्त्रीले कडा प्रतिक्रिया जनाउदै, रक्षा मन्त्रीलाई भने अब सेनाले इरानमा थप कडा आक्रमण गर्नेछ। , इरानी मिसाइलहरूको ब्यारेजले दक्षिणी इजरायलको सबैभन्दा ठूलो अस्पताल सहित धेरै स्थानहरूमा आक्रमण गरेपछि।...
सांसद अमरबहादुर थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका
काठमाडौं। नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२र८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् । उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् । खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र होइन धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको उनले बताए ।...
विदेशी लगानीमा लचिलो नीतिः एनआरएनका लागि संयुक्त लगानी सहज, आईटीमा समेत खुल्यो बाटो
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधन गर्दै नयाँ व्यवस्था ल्याएको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ को अधिकार प्रयोग गर्दै राष्ट्र बैंकले सो परिपत्र जारी गरेको...
दुम्कीवास-दाउन्ने सडक अवरुद्ध, वैकल्पिक रुट प्रयोग गर्न सकिने
पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास-दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएको छ । विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो । सडक बिग्रिएकोले अत्यधीक जाम को जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले सुचना जारी गर्दै आग्रह गरेको छ...
हेटौंडा–१ का अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.– १ का अध्यक्ष एवम् प्रवक्ता सबिन न्यौपानेमाथि आज बुधबार कार्यकक्षमै आक्रमण भएको छ । कार्यकक्षमा बसिरहेका उनीमाथि आक्रमण भएको र कालो पदार्थ समेत जीउमा फालिएको प्रहरीले जनाएको छ । चार जनाले न्यौपानेमाथि आक्रमण गरेको देखिएको र घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरी नायब...
राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृतको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई अनुशासन पालना नगरेको लगायतका आरोपमा निलम्बनको निर्णय गरेका थिए । सो निर्णयका विरुद्ध पाण्डे उच्च अदालत पुगेका...










