राजनीति/ समाज
देउवालाई भारी बन्लान् निधि
काठमाडौँ । कोरोना भाइरसको कहर र आन्तरिक विवादका कारण नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बन्न पुगेको छ । फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेगरी तय गरिएको मितिमा महाधिवेशन नहुने निश्चित भएको छ । नयाँ महाधिवेशनको नयाँ मिति तय गर्न कांग्रेसले असोज १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।...
आज बेलुका ५ गते मन्त्रिपरिषद् बैठक बस्दै, कोभिड–१९ बारे निर्णय हुने
काठमाडौं । बिहीबार बेलुका मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक बेलुका ५ बजेलाई बोलाइएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । मन्त्रिपरिषद्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेको छ । उक्त बैठकमा सम्भवतः स्वास्थ्य मन्त्रालयको प्रस्तावमा कोभिड–१९ सँग सम्बन्धित केही निर्णयहरु हुन सक्ने मन्त्री ज्ञवालीको...
गौतमको मन्त्री बन्ने चाहनामा तत्काल पूर्णविराम
काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनय भएर मन्त्री बन्ने चाहनामा तत्कालका लागि ब्रेक लागेको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले वामदेवको मनोनयमा संवैधानिक प्रश्न उठाएसँगै तत्कालका लागि कुनै संवैधानिक काम नगराउन आदेश दिएसँगै तत्काल मन्त्री बन्ने सपना टरेको हो । अब उनको...
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बनाउनुपर्छ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त पार्नु सम्पूर्ण सदस्य राष्ट्रहरूको सामूहिक जिम्मेवारी भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार एक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घ निरन्तरता र रूपान्तरणसँगै पुस्तान्तरणको दोबाटोमा रहेकाले यसलाई सबै देश मिलेर थप सुदृढ बनाउनुपर्ने बताउनुभयो ।...
ओली र दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्षका हैसियतमा दायर भएको अवहेलना मुद्दा तामेलीमा पठाउने आदेश दिएको हो । अवहेलना...
राष्ट्रियसभा सदस्य श्रेष्ठ र गौतम मन्त्री बन्न पाउँलान् ?
काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा मन्त्री बन्ने पाउने विषय अन्योल बनेको छ । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा पराजित भएको व्यक्ति मन्त्री बन्न नपाउने भन्नेबारे नेपालको संविधानमा लेखिएको छ । तर, राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित या मनोनयनबाट संसद् भएको...
राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधीन बनाउन सक्छ – कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने बताएका छन् । हिजो आइतबार पार्टीका जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरुसंग भर्चुवल बैठक गर्दै उनले नेपालको भू– राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधीन बनाउन सक्ने बताए । पार्टीका विषयमा रहेका भ्रमलाई...
गौतमविरुद्ध सर्वोच्चमा तीन रिट
प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी आइतबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै तीनवटा रिट निवेदन पेस भएका छन् । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार ती रिट निवेदन दायर गर्ने वा दरपीठ गर्ने भन्ने सम्बन्धमा विचाराधीन अवस्थामा छन् । ती...
पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्न वरिष्ठ नेता पौडेलको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा कायम प्रतिनिधिबाटै आगामी १४औं महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् । क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद सुरु नहुँदै प्रभावित भएपछि वरिष्ठ नेता पौडेलले तोकिएकै मितिमा महाधिवेशन गर्न यस्तो प्रस्ताव अघि सारेका हुन् । पौडेलले सो प्रस्ताव केन्द्रीय...
प्रदेश १ का मुख्यमन्त्री राईकी श्रीमती दाबी गर्ने खड्का पेरिसडाँडाबाट पक्राउ
काठमाडौं । आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्कालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनलाई हाल महानगरीय प्रहरी प्रभाग,...










