राजनीति/ समाज

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ । शनिबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । उक्त बैठकलाई आज समापन गर्ने तयारी रहेको सो पार्टीले जनाएको छ । बैठकमा राजनीतिक, समसामयिक विषयहरूमाथि छलफल भइरहेको छ । साथै बैठकमा संविधान संशोधनका...

कांग्रेसले चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने भएको छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको समिति सदस्य प्रकाश स्नही रसाइलीले...

विपद् प्रभावित सडक पुनः निर्माणका लागि रकम उपलब्ध गराउने प्रदेश सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक पुनः निर्माणका २५ करोड १५ लाख रुपैयाँ रकम उपलब्ध गराउने भएको छ । शुक्रबार प्रदेशको राजधानी हेटौंडामा बसेको म’ख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले गत असोज ११ र १२ गतेको अविरल वर्षाको कारण क्षति भएका सडकमार्ग तथा...

मउवा संघको उद्योग उपाध्यक्षमा रविन्द्र घिमिरेको उम्मेदवारी घोषणा

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको आसन्न निर्वाचनमा उद्योग तर्फको उपाध्यक्ष पदमा रविन्द्र घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । घिमिरे अध्यक्ष उम्मेद्वार अनिल अग्रवालको प्यानलबाट उद्योग तर्फको उपाध्यक्ष पदमा उम्मेद्वार रहने भएका हुन । घिमिरे हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समिति अध्यक्ष समेत छन् । घिमिरे २०५२ सालदेखि...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा केन्द्रीय कमिटी बैठकको एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गरिने जनाइएको छ । एमालेको केन्द्रीय कमिटी बैठक यही पुष २१ र २२ गतेका लागि आह्वान गरिएको...

माओवादी केन्द्रको स्थायी समिति बैठक सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सरेको छ । बिहान ११ बजे बस्ने गरी बोलाइएको स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्ने गरी सरेको हो । बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने उपमहासचिव मातृका यादवले जानकारी दिए । उनका अनुसार, केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न स्थायी कमिटी...

मेलमिलाप दिवसको अवसरमा कांग्रेस मकवानपुरद्वारा सम्मानको सुरुवात

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले ४९ औँ राष्ट्रिय एकता एवम् मेलमिलाप दिवसको अवसर पारेर आज हेटौंडामा मेलमिलाप कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले बीपी कोइरालाले मेलमिलापको प्रस्ताव लिएर भारतबाट आएको दिनलाई स्मरण गर्दै पार्टीभित्र त्यसलाई साँघुरो बनाउन नहुने बताए । महामन्त्री थापाले पार्टीभित्रको...

नेपाली कांग्रेसको उद्योग विभागमा १० सदस्य मनोनीत

काठमाडौं । नेपाली काँग्रेसका उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनीत भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीको उक्त विभागमा सदस्य थपेका हुन् । सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा सदस्य थपेका...

‘मुलुकको विकास भनेको आर्थिक र भौतिक मात्रै होइन’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्रै नभएको बताएका छन् । राष्ट्रपति पौडेलले संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मंगलबार आयोजना गरेको कार्यक्रममा यस्तो बताउँदै मुलुकको विकासमा मावनीय पक्ष पनि रहेको बताएका हुन् । उनले श्रमको सम्मान गर्दै आर्थिक एवम् भौतिक विकासको माध्यमबाट...

संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन

काठमाडौं । संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले मंगलबार पाँच सदस्यीय उपसमिति गठन गरेको हो । समितिमा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित बनेको भन्दै क्यालेन्डर बनाउन प्रस्ताव राखेका थिए...