राजनीति/ समाज
मउवा संघको अध्यक्षमा रानाभाट विजयी
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको अध्यक्ष पदमा प्रमोद सिंह रानाभाट विजयी भएका छन् । अर्का प्रतिस्पर्धी अनिल अग्रवाललाई पराजित गर्दै रानाभाट मउवा संघको अध्यक्षमा विजयी भएका हुन् । रानाभाटले १ हजार १४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अग्रवालले ७ सय ६५ मत प्राप्त गरेका थिए । मउवा...
कांग्रेसका २० विभागमा सचिव मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका २० विभागमा सचिव मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न २० विभागमा सचिव मनोनयन गरेका हुन् । सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभिन्न विभागमा सचिव मनोनीत गरेका हुन् । जसअन्तर्गत प्रदेश समन्वय विभाग डा.रघु काफ्ले...
माघी पर्वको अवसरमा सार्वजनिक विदा
धनगढी । सुदूरपश्चिम प्रदेशमा यही पुस २९ गते सार्वजनिक विदा दिइएको छ । प्रदेश सरकारले थारु समुदायको माघी (माघ) पर्वको अवसरमा उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । पश्चिम नेपालको थारु समुदायमा माघी पर्व पुष महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले सार्वजनिक विदा दिने...
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले बैठक शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरेको थियो । केही दिनयता सेडयुल अनुसार बैठक बस्न...
रास्वपाका सभापति आज काठमाडौं अदालतमा उपस्थित हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएको छ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतबाट बिहीबार धरौटीमा रिहा भएका सभापति लामिछाने आज काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित हुने भएका हुन् । पूर्व गृहमन्त्री समेत रहेका...
मउवा संघ: अध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको साधारणसभा तथा निर्वाचन अन्तर्गत बिहीबार मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ । संघको कार्यालयमा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर अध्यक्षसहित विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका थिए । जस अनुसार, अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । जसमा प्रमोद सिं रानाभाट...
हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा महिलाको लगानी घर घरमा उद्यमी भन्ने नाराका साथ प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन सुरु भएको छ । महिला उद्यमीले उत्पादन गरेका सामग्री प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी बागमती...
हेटौंडामा कानूनी शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न
मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका न्यायीक समितीको सहयोग एवम् समन्वयमा हेटौंडाको ८ वटा वडाहरुमा एक दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम अन्तर्गत बिहीबार हेटौंडा–८ नं. वडामा गठित टोल विकास संस्था...
औद्योगिक क्षेत्र फस्टाउन लगानीमैत्री वातावरण जरुरी छः मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले औद्योगिक क्षेत्र फस्टाउन लगानीमैत्री वातावरण जरुरी भएको जिकिर गरेका छन् । सरकारले नियम, कानुन बनाउँदैमा मात्र लगानीमैत्री वातावरण नबन्ने भन्दै उनले औद्योगिक क्षेत्र फस्टाउन लगानीमैत्री वातावरण जरुरी रहेको जिकिर गरेका हुन् । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको बुधबार हेटौंडामा भएके ५८...
हेटौंडामा विजनेश ईन्क्यूबेशन सेन्टरको स्थापना
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा विजनेश ईन्क्यूबेशन सेन्टरको स्थापना गरिएको छ । बागमती प्रदेश सरकारको २० लाख रुपैयाँ आर्थिक सहयोगमा सो सेन्टरको स्थापना गरिएको हो । बुधबार एक कार्यक्रमबीच प्रदेशकी उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री सुकुमाया तामाङले हेटौंडा–२ स्थित मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा स्थापना गरिएको उक्त...










