विपिन जोशीको रिहाइमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह

तु खबर संवाददाता
२०८१ माघ ७,सोमबार १६:१०
file-photo

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन कार्कीको रिहाइमा सघाउन इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अतीसँग आग्रह गरेकी छन् ।

परराष्ट्रमन्त्री देउवाले इजिष्टका विदेश मन्त्री डा. अतीसँग टेलिफोन वार्ता गर्दै यस्तो आग्रह गरेकी हुन् । उनले हमासको कब्जामा रहेका जोशीको उद्दारमा सहयोग पुर्याउन भनेका हुन् ।

जवाफमा अब्देल–अतीले जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने प्रतिबद्धता जनाए ।

गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको सफल भूमिकाबारे मन्त्री राणाले बधाई दिएकी थिइन् ।

गाजामा आइतबारदेखि युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।

सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ ।