राजनीति/ समाज
बागमती गाउँपालिकामा आज सार्वजनिक विदा
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा आज सार्वजनिक विदा दिइएको छ । जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले आज सार्वजनिक विदा दिएको हो । माघ ३० गते बुधबार बसेको गाउँ कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक विदा दिइएको पालिकाले जारी गरेको सूचना उल्लेख गरिएको छ । पालिका मातहतका अत्यावश्यक सेवा प्रवाह गर्ने...
कागज उद्योगको निरीक्षण गर्न मकवानपुरगढी पुगे उद्योगमन्त्री तामाङ
हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुकुमाया तामाङले मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ स्थित कुबेर तिमल्सिनाको नेपाली हाते कागज उद्योगको निरीक्षण गरेकी छन् । बुधबार मन्त्री तामाङले तिमल्सिनाको उद्योग पुगेर केराको थामबाट कागज निर्माण गर्ने प्रक्रियासँगै उद्योगको अवस्था अवलोकन गरेकी हुन् । उनले कागज उद्योगको...
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई निर्देशक नियुक्त
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको (प्रशिक्षण तर्फ) को निर्देशक पदमा दुई जना नियुक्त भएका छन् । नियुक्त हुनेहरुमा कास्कीका डा. कृष्णप्रसाद पौडेल र (अनुसन्धान तर्फ) को निर्देशक पदमा चितवनका डा. सञ्जय महतो थारू रहेका छन् । पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले उनीहरूलाई...
फागुन १५ सम्मको प्रस्तावित संसदीय क्यालेन्डर तयार
काठमाडौं । संघीय संसद् सचिवालयको आगामी फागुन १५ गतेसम्मको प्रस्तावित संसदीय क्यालेन्डर तयार भएको छ । जसमा संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने र संसदीय विषयगत समितिमा प्रतिवेदन पेश गर्ने लगायतका कार्यसूची रहेको छ । जसनुसार आगामी फागुन ४ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । मन्त्रीहरूसँग प्रश्नोत्तर...
निर्वाचन आयोगमा ८२ दलले बुझायो दलको लेखा परीक्षण
काठमाडौं । निर्वाचन आयोगमा ८२ राजनीतिक दलले आय–व्ययको लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले माघभित्र आर्थिक वर्ष २०८०–०८१ को लेखा परीक्षण प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ । पुसभित्र लेखा परीक्षण गराउनुपर्ने र लेखा परीक्षण गराएको एक महिनाभित्र आयोगमा प्रतिवेदन बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ...
अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पस समितिको औधोगिक क्षेत्र भ्रमण
मकवानपुर । अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पस समितिको सक्रियतामा हेटौंडा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले हेटौंडा औद्योगिक क्षेत्रमा रहेका विभिन्न उद्योगहरुको अध्ययन अवलोकन गरेका छन् । सैद्धान्तिकसँगै व्यवहारिक स्थलगत अध्धयनको लागि औद्योगिक भ्रमण तथा अबलोकन कार्यक्रम गरिएको अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पसका उपाध्यक्ष राजकुमार रसाइलीले जानकारी दिए । क्याम्पसमा अध्ययनरत करिब ४० विद्यार्थीको...
बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि मन्त्री श्रेष्ठलाई
मकवानपुर । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठलाई दिइएको छ । प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार उनलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री लामा युनाइटेड अरब इमिरेट्स दुबई जाने भएपछि कृषि मन्त्री श्रेष्ठलाई...
नेसपा नयाँ शक्तिको मतदान सम्पन्न
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान सम्पन्न भएको छ । मंगलबार राति अबेर मतदान सकिएको नेसपा नयाँ शक्तिका नेता रुपनारायण श्रेष्ठले जानकारी दिए । एक नेताका अनसार, आज बिहान १० बजे निर्वाचन कार्यालयबाट प्रतिनिधि बोलाएर मतगणना गर्ने तयारी रहेको छ...
देशभर १० लाखभन्दा बढीलाई लगाइयो एचपीभी खोप
काठमाडौं । देशभर १० लाखभन्दा बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइएको छ । सरकारले देशभर संचालन गरेको एचपीभी खोप अभियान अन्तर्गत हालसम्म १० लाखभन्दा बढी किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । खोप शाखाका अनुसार, अभियानमार्फत...
प्रतिनिधि सभाबाट सुरक्षित कारोबार विधेयक सर्वसम्मत पारित
काठमाडौं । प्रतिनिधि सभाको आज बसेको बैठकबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा पेश गरेको उक्त विधेयक पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा अर्थ समितिको प्रतिवेदन १...










