राजनीति/ समाज

प्रचण्डले विश्वासको मत लिंदै, मत विभाजनका आधारमा मतदान हुने

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजनका आधारमा मतदान हुने भएको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्री प्रचण्डले उठेका प्रश्नको जवाफ दिएसँगै सांसदहरूको दस्तखतसहित मत विभाजनका लागि रुलिङ गरेका छन् । मत विभाजनका लागि संसदमा पक्ष र विपक्षमा...

कांग्रेसद्वारा प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा दलका मुख्य सचेतकले पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेका हुन् । संसदीय दलले ह्वीप लगाएपछि प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका सांसदले पनि मत दिनुपर्ने...

यस्ता छन् बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकको निर्णय

मकवानपुर । बागमती प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठक मंगलबार सम्पन्न भएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको पहिलो बैठक सम्पन्न भएको हो । बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई तोकेको छ । त्यस्तै उक्त बैठकले प्रादेशिक संरचना...

बागमतीका नवनियुक्त मुख्यमन्त्रीद्वारा पदभार ग्रहण, गरे दुई निर्णय

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेका छन् । मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हालेका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका...

बागमती प्रदेशमा मन्त्रीपरिषद् गठन, थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा

मकवानपुर । बागमती प्रदेशमा तीन सदस्यीय मन्त्रीपरिषद् गठन गरिएको छ । मंगलबार मकवानपुर, २६ पुस (रासस) । बागमती प्रदेशमा आज बिहान तीन सदस्यी मन्त्रीपरिषद् गठन गरिएको हो । प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिस अनुसार, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापालाई...

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलद्वारा शपथ ग्रहण

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका उनले मंगलबार बिहान शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री जम्मकट्टेललाई प्रदेश प्रमुखको कार्यालयमा भएको एक कार्यक्रमकाबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् ।...

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । आज बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार, बैठकले शर्तसहित प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । ‘एकीकृत समाजवादीले...

बागमती प्रदेश : थपलिया र थापा मन्त्री बन्दै

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एमालेबाट एक/एक जना मन्त्री बन्ने भएका छन् । राप्रपाबाट उद्धप थापा र एमालेबाट जगन्नाथ थपलिया आज मन्त्री बन्ने भएका हुन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारमा उनीहरुलाई पठाउने निर्णय भएको हो । यद्यपि उनीहरुलाई मन्त्रिपरिषदमा विभागीय जिम्मेवारी भने तत्काल...

आज नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने की नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो । प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दै छ ।...

कांग्रेसको बैठक बस्दै, प्रधानमन्त्रीलाई विश्वासको मत दिने की नदिनेबारे निर्णय लिने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नदिनेबारे निर्णय लिने बताइएको छ । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिन देउवा सकारात्मक देखिएका छन् । पदाधिकारीसँग...