राजनीति/ समाज
‘एकीकृत समाजवादी प्रदेश सरकारहरूमा सहभागी हुन्छ’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन् । मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । अध्यक्ष नेपालले आफूहरू संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी...
बागमती प्रदेश मन्त्रिपरिषद् : यस्ता छन् निर्णय
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकले प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत...
अब फेरि कांग्रेसले सरकारको नेतृत्व लिने देउवाको दाबी
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब फेरि कांग्रेसले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । सभापति देउवाले मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै यस्तो बताएका हुन् । कार्यक्रममा उनले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै अहिले संयुक्त सरकार...
रास्वपाको बैठक बस्दै, अडियो प्रकरणबारे छलफल हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ का बारेमा छानबिन गर्नका लागि बैठक बस्न लागेको हो । बैठकमा सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका...
सर्वोच्चद्वारा देउवा विपक्षी दलको नेता बन्न नमिल्नेसम्बन्धी रिट खारेज
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता नदिन मागसहित दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराई र डा.मनोज शर्माको संयुक्त इजलासले रिट खारेज हुने फैसला सुनाएको हो । प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले गत पुस २६...
उप–निर्वाचन बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी बैशाख १० मा हुने उप–निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले एक वक्तव्य जारी गर्दै तनहुँको क्षेत्र नं. १, चितवनको क्षेत्र नं. २ तथा बाराको क्षेत्र नं. २ मा हुने भनिएका उपनिर्वाचन बहिष्कार गर्ने जानकारी गराएका...
राष्ट्रिय सभाको बैठक आज बस्दै
काठमाडौँ । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३२ औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस गर्नेछन् । त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय...
आज प्रतिनिधि सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् । सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ छ । सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्ने...
बागमती प्रदेश सरकार विस्तारः नवनियुक्त मन्त्रीहरुले लिए सपथ
मकवानपुर । बागमती प्रदेश सरकार आइतबार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेको तर्फबाट बहादुर सिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामालाई खानेपानी उर्जा तथा सिचाईमन्त्री नियुक्त गरेका हुन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त...
बागमती प्रदेश : कांग्रेसका दुई सांसद मन्त्री बन्दै
मकवानपुर । बागमती प्रदेशमा आइतबार मन्त्रीपरिषद् विस्तार हुँदैछ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले केहीबेरमा मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले नेपाली कांग्रेसको तर्फबाट २ जना मन्त्री गर्न लागेका हुन् । कांग्रेसबाट बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामा आज मन्त्री बन्ने भएका हुन् ।...









