राजनीति/ समाज

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले बोल्न क्रम जारी रहेकाले आज बिहान पुनः बैठक बस्ने भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार, बैठकमा मुलुकमा...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक च्यासल, ललितपुरस्थित पार्टीको मुख्य कार्यालयमा बस्ने भएको हो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसामयिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठन निमार्णका बारेमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्...

परराष्ट्रमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपाल भ्रमणमा रहेका अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु बिच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनले एमसीसी कार्यान्वयनबारे चर्चा गरेका गरेका छन् । भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नती र...

संघीय संसदबाट पारित बजेटसम्बन्धी विधेयक सभामुखद्वारा प्रमाणित

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका आर्थिक वर्ष २०८०/०८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक...

जनमत पार्टीको केन्द्रीय समिति विस्तार

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति विस्तार भएको छ । बिहीबार राति अबेरसम्म बसेको सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो । यो पटक सो पार्टीको केन्द्रीय समितिमा दुई सय भन्दा बढी केन्द्रीय सदस्य थप गरिएको छ । बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४...

एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दैछ । बैठक शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव गोकर्ण विष्टले जानकारी दिए । उक्त बैठकले असार ३० गते शनिबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्नेछ । एमालेको केन्द्रीय कार्यालय बैठक महासचिवको अध्यक्षतामा बस्ने गरेको छ । एमाले...

एमालेद्वारा सचिवालय बैठक आह्वान

काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ । एमालेले पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न सचिवालय बैठक आह्वान गरेको हो । बैठक यही असार ३० गते ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने गरी आह्वान गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा अहिले...

बुधबार स्थगित कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ गते बस्ने

काठमाडौं । नेपाल कांग्रेसको आज स्थगित भएको केन्द्रीय समितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ । पार्टी कार्यालयका कार्यबाहक मुख्यसचिव डा.प्रदीप पराजुलीले साउन २ गतेका लागि बैठक तय भएको जानकारी दिए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असार २७ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय,...

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पति प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहालको आज बिहान...

माओवादी कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाइने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की पत्नी एवम् पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय...