राजनीति/ समाज

रास्वपाको पहिलो राष्ट्रिय भेला आजबाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । भेला प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने भएको हो । भेला भोलि बुधबारसम्म चल्ने जनाएको छ । भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लब÷लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने जनाइएको छ । यस्तै,...

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौँ । प्रकाशमान सिंह राउत सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । अब संसदीय सुनाई समितिबाट राउतको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त हुने छन् ।

रवि लामिछानेसहितलाई कारबाही गर्न सिफारिस

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगको सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाही गर्न सिफारिस गरेको छ । सोमबार समितिले बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार...

नागरिकता समस्या समाधान गर्न पाँच सदस्यीय अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समाधान गर्नका लागि सोमबार अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयको उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि...

आज राति १२ गतेदेखि बर्खे अधिवेशन अन्त्य हुँदै

काठमाडौं । सघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बर्खे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । गत वैशाख २८ गतेबाट प्रारम्भ भएको चौथो अधिवेशन आजरातिदेखि अन्त्य हुन लागेको संसद सचिवालयले जनाएको छ । सो अवधिमा १ सय ३० दिन बैठक बस्यो । उक्त सयममा भएरगरेका संसदीय गतिविधिबारे सभामुख देवराज...

निर्वाचन आयोगद्वारा मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर उक्त प्रस्ताव गरेका हुन् । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी...

कांग्रेसद्वारा स्थानीय तह निर्वाचनको समिक्षा मकवानपुरबाट सुरु

मकवानपुर । नेपाली कांग्रेसले २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा आजबाट सुरु गरेको छ । कांग्रेस स्थानीय तह केन्द्रीय समन्वय विभागको आयोजनामा आज मकवानपुरमा २८ महिनापछि निर्वाचनको समिक्षा सुरु भएको हो । विभाग गठनमा भएको ढिलाईका कारण २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समीक्षा २०८१ भदौ अन्तिमबाट सुरु भएको हो...

राष्ट्रिय युवा संघ मकवानपुरको अध्यक्षमा राजेश नगरकोटी चयन

मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मकवानपुरको अध्यक्षमा राजेश नगरकोटी चयन भएका छन् । संघको हेटौंडामा सम्पन्न दशौँ अधिवेशनबाट नगरकोटीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति चयन गरिएको हो । यस्तै, समितिको उपाध्यक्षमा पृतम राना, सचिवमा सबिन लामा, उपसचिवमा आशिष थापा, सुदिप थापा र कोषाध्यक्षमा विश्वराज विकल चयन...

बागमती प्रदेश सभाको बैठक आह्वान

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक आगामी असोज ६ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा विभिन्न तीन वटा विधेयकमाथि पुर्ण छलफल गराई पारित गर्ने तयारी रहेको प्रदेश सभाको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । सभामुख पाठकका अनुसार, प्रदेश...

जुवाखालबाट गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना पक्राउ

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ कटहरास्थित जुवाखालबाट प्रहरीले गएराति ९ जनालाई पक्राउ गरेको छ । जुवा खालबाट सोही गाउँपालिकाका पूर्व अध्यक्ष ग्रामथान–४ का ५९ वर्षीय शिवनारायण माझीसहित ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा क्रमशः महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५...