राजनीति/ समाज

प्रदेश नं ६ मा राष्ट्रियसभाको निर्वाचन सम्पन्न

सुर्खेत, २४ माघ । आज बिहान १० बजेबाट शुरु भएको प्रदेश नं ६ को राष्ट्रियसभाको निर्वाचन १ः३० बजे सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो । प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले दुई छुट्टाछुट्टै मतदान केन्द्रमा मत हाल्ने काम गरेका थियो । ९क०...

प्रधानमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवश समारोह समिति

काठमाडौँ, २४ माघ । प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन आज प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयको आयोजनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको समितिको बैठकले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत फागुन ६, ७ र ८ गते भव्यताका साथ प्रजातन्त्र...

राष्ट्रियसभाको मतदान शुरु

काठमाडौँ, २४ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज बिहान १० बजेबाट सात प्रदेशमध्ये छ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान कार्य शुरु भएको छ । प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्विचित हुनु भएकाले मतदान गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ । कूल ५६ सदस्यका लागि हुने...

मुख्यमन्त्रीको टुङ्गो लगाउन दुई पूर्वगृहमन्त्री सुर्खेतमा

सुर्खेत, २४ माघ । मुख्य मन्त्रीको गाँठो फुक्न नसकेपछि त्यसको टुङ्गो लगाउन नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्रीद्वय शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सुर्खेत आइपुग्नुभएको छ । सो मुद्दामा दुई फरक मत राख्दै आउनुभएका पूर्वगृहमन्त्रीहरुको मंगलबार साँझ बैठक बसेको हो । बैठकमा मिलेर मुख्यमन्त्रीको मुद्दा टुङ्ग्याउने सहमति भएको छ...

प्रदेशसभा बैठकमा मातृभाषा छोडेर हिन्दीमा सम्बोधन

महेन्द्रनगर, धनुषा, २४ माघ । प्रदेश नं २ को गत माघ २१ गते सम्पन्न ऐतिहासिक पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेको भन्दै विरोधमा युवाहरूले सांसदहरूको पुत्ला जलाएका छन् । मंगलबार साँझ जनकपुरको जानकी चोकमा ‘परिवर्तनका लागि युवा अभियान’का अध्यक्ष बिट्टु पञ्जियारको अध्यक्षता र...

सम्भावना नै सम्भावनाको खानी प्रदेश नं ४

पोखरा, २४ माघ । ‘सम्भावना नै सम्भावनाको खानी प्रदेश नं ४ लाई यहीँका साधनस्रोतले समृद्ध बनाउन सकिन्छ,’ सोमबार प्रदेश नं ४ को प्रथम ऐतिहासिक बैठकबाट बाहिरिएका प्रदेशसभा सदस्यबाट निस्किएको एउटै स्वर हो यो । जलस्रोत, कृषि र पर्यटनकै माध्यमबाट अन्य प्रदेशभन्दा यसलाई विकसित बनाउन सकिने बताउँदै सदस्यहरूले उपलब्ध साधनस्रोतकै...

सम्मानित भए प्रदेशसभाका दलित सांसद

सुर्खेत, २४ माघ । प्रदेश नं ६ बाट निर्वाचित दलित समुदायका प्रदेशसभा सांसदहरुलाई सुर्खेतमा सम्मान गरिएको छ । नेपाल दलित मुक्ति मोर्चा ६ नं प्रदेश समितिको आयोजनामा मंगलबार उहाँहरुलाई सम्मान गरिएको हो । यो प्रदेशबाट प्रत्यक्ष तथा समानुपातिकका पाँचजना सांसदलाई स्वागत तथा सम्मान गरिएको हो । ६ नं प्रदेशअन्तर्गत...

राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज मतदान हुँदै

काठमाडौँ, २४ माघ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हँुदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गर्नुभएको छ । मतदानका लागि छ...

चाँडै वाम एकताको प्रक्रिया टुङ्गिने

काठमाडौँ, २३ माघ नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग वैचारिक र सांगठनिक समस्या समाधान गरेर चाँडै नै वाम एकताको प्रक्रिया टुङ्गिने बताउनुभएको छ । इरानको राजधानी तेहरानमा भएको एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को २९औँ स्थायी कमिटीको बैठकमा सहभागी भएर आज स्वदेश फर्कने क्रममा...

प्रदेश नं १मा एमालेबाट संसदीय दलको नेता बन्न तीनजनाको दाबी

विराटनगर, २३ माघ नेकपा (एमाले)को प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ । सो पार्टीबाट प्रदेश सांसदका रुपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेपछि निर्वाचन...