प्रदेश नम्बर ३ को बैठकद्वारा ४ निर्णय पारित

तु खबर संवाददाता
२०७४ फाल्गुन १६, बुधबार २०:२०

मकवानपुर, १६ फागुन । प्रदेश नम्बर ३ को मन्त्रीपरिषदको बैठक बुधबार साँझ भएको छ । बैठकले ४ वटा निर्णयहरु गरेको छ । आज नियुक्त भएका ४ मन्त्रीहरुको शपथ ग्रहण गरेसँगै भएको बैठकले ४ वटा निर्णयहरु गरेको हो ।

मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको सात सदस्यीय मन्त्रीपरिषद बैठकले कानुन मस्यौदा समिति गठन गरेको छ । त्यस्तै नयाँ कानुन बनाउने अवधारणाको ढाँचा स्विकृत समेत आजको बैठकले गरेको छ ।

बैठकले केहि सार्वजनिक लिखित प्रमाणीकरण सम्वन्धमा बनेको विधेयक २०७४ को सैद्धान्तिक सहमति र राजपत्रको ढाँचा स्विकृत तथा प्रकाशन विषयमा निर्णय समेत गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*