राजनीति/ समाज

जेन–जी आन्दोलन दमन: ओलीसहित पाँच जनाको विदेश यात्रा रोक

काठमाडौं । जेन–जी आन्दोलन दमनबारे छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । आयोगको सिफारिसअनुसार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख...

साम्पाङको नयाँ राजनीतिक यात्रा : ‘राष्ट्रिय संस्कृति पार्टी’ दर्ता प्रक्रिया सुरु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक दल दर्ताका लागि उनले असोज ७ गते आयोगमा निवेदन दर्ता गराएका हुन् । आयोगका उच्च स्रोतका अनुसार साम्पाङ स्वयं अध्यक्ष रहने गरी दल दर्ताको प्रक्रिया...

पूर्वराजा शाहबाट विजया दशमीको शुभकामना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०८२ सालको विजया दशमीको उपलक्ष्यमा नेपाली जनतालाई शुभकामना सन्देश दिँदै राष्ट्रियताको रक्षा, सुशासन र देशको नवनिर्माणमा जोड दिएका छन्। शरद ऋतुको प्रारम्भसँगै आएको यस पर्वको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिका लागि कामना गरेका छन्। उनको सन्देशमा पूर्वजहरूको...

भागेका कैदीबन्दीलाईअसोज २० भित्र कारागार फर्कन विभागको आग्रह

काठमाडौं । कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दीको जानकारी उपलब्ध गराउन सरोकारवालासहित सबैलाई आग्रह गरेको छ । विभागले फरार अवस्थामा रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई पनि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । गृह मन्त्रालय, सुरक्षा निकाय एवम् सम्बन्धित पक्षको सहयोग र समन्वयमा कैदीबन्दीलाई फिर्ता ल्याउने...

राजनीतिक कनेक्सनका कारण रोकिएका सबै फाइल खुल्छ :गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै अनुसन्धान फाइल खोलिने बताएका छन् । शुक्रबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सुशासनबिनाको शान्ति–सुरक्षा सम्भव नभएको भन्दै भ्रष्टाचार तथा आर्थिक अपराधसम्बन्धी अनुसन्धानमा अब कुनै अवरोध नहुने स्पष्ट पारे। “यो सरकारको म्यान्डेट नै...

भ्रष्ट दललाई टाउको उठाउन दिनु हुँदैन : डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना र भ्रष्ट भइसकेका दललाई कुनै पनि बहानामा पुनः टाउको उठ्न नदिन चेतावनी दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याए । नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा...

राष्ट्रिय भूमि आयोग खारेज : १ हजार ४४४ जनाको रोजगारी गुम्ने

काठमाडौँ । राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारले गरेको निर्णयसँगै १ हजार ४४४ जनाको रोजगारी गुम्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले केपी शर्मा ओली सरकारको पालामा स्थापना गरिएको आयोगलाई खारेज गर्ने निर्णय गरेको हो । आयोग खारेजसँगै केन्द्रमा नियुक्त ८ जना पदाधिकारीसहित ३१६ जना राजनीतिक नियुक्ति र...

राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा पहिलो सम्बोधन गर्ने भएकी छिन्। सर्वाेच्च अदालतको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की भदौ २७ गते जेनजी पुस्ताको समर्थनमा नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त भएकी हुन्। प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको दमन, तोडफोड, आगजनी,...

टोपबहादुर रायमाझी सोमबार कारागारमा उपस्थित

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते अन्य कैदीबन्दीसँगै केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी सोमबार कारागार फर्किएका छन् । केन्द्रीय कारागारले रायमाझी हिजो कारागारमा उपस्थित भएको पुष्टि गरेको छ । ‘उहाँ हिजो फर्किनुभएको हो,’ कारागार प्रशासनले जानकारी दिएको छ । भुटानी शरणार्थी...

पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ चलाएका दुर्गा प्रसाईंले देशमा विकसित पछिल्लो घटनाक्रमको धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेका हुन्। दुर्गा प्रसाईंले आज दिउँसो साढे १ बजे भक्तपुर कमेरोटारस्थित आफ्नै निजी निवासमा पत्रकार सम्मेलनको आयोजना...