बैंक/ बीमा/शेयर

स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीले चारगुणासम्म रकम तिर्नुपर्ने

काठमाडौं । सरकारले समयमै स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीलाई चारगुनासम्म रकम तिर्नुपर्ने नीति ल्याएको छ । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८२ अनुसार नवीकरणको म्याद छुटाउनेले अब सुविधाको साटो आर्थिक भार बेहोर्नुपर्नेछ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले स्वीकृत गरेको संशोधित अनुसूचीअनुसार बीमा म्याद सकिएको तीन...

२५ प्रतिशत लगानी गरेर १०० प्रतिशत खेलाउनेमाथि सेबोनले बोल्यो धावा, ब्रोकरले बैंक चलाउने दिन सकिए

काठमाडौं । पछिल्ला केही बर्षहरुदेखि नेपालका ब्रोकर कम्पनीहरु आफैले बैंक चलाउँदै आएका थिए । ब्रोकर कम्पनीहरुले हुँदै नभएको ब्यालेन्स कृत्तिम रुपमा सिर्जना गरी लगानीकर्ताहरुलाई दिँदै आएका थिए । यही गलत प्रवृत्तिका कारण नेपालको शेयर बजारमा माफियाहरुले चलखेल गर्दै आएका थिए । शेयर बजार बढ्नु वा घट्नु लगानीकर्ताहरुको लागि खुशीको...

स्वास्थ्य बीमा नविकरण थप सहज बन्दै, नयाँ कार्यविधि लागू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमालेख नवीकरणलाई थप व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गरेको छ । ‘स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२’ अनुसार अबदेखि नियमित रूपमा बीमा नवीकरण गर्ने सदस्यले छुट पाउनेछन् भने ढिलाइ गर्नेले जरिवाना तिर्नुपर्ने कार्यविधिमा उल्लेख छ । बोर्डले लागू गरेको...

एक वर्षमै २१ लाखभन्दा बढी स्मार्टफोन भित्रिए

काठमाडौं । नेपालमा स्मार्टफोनको आयात तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपालले २१ लाखभन्दा बढी स्मार्टफोन आयात गरेको छ। विभागको तथ्यांकले देखाउँछ कि गत आर्थिक वर्षमा कुल २१ लाख ८४ हजार ६९४ वटा स्मार्टफोन नेपाल भित्रिएका छन्। यो संख्या अघिल्लो...

प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको शेयर बिक्रीमा

काठमाडौं । राप्ती हाइड्रो जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ। जसमध्ये ५ लाख ६४ हजार १० कित्ता शेयर लकइनमा छैन भने बाँकी १ लाख ४० हजार १०१ कित्ता शेयर लकइनमा रहेको छ। यस्तो लकइन अवधि यही साउन ८ गते...

हिमालयन बैंकको एफपीओ आजबाट बन्द हुँदै

काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्कासन गरिरहेको एफपीओ आज बैंकिंग समयपछि बन्द हुने भएको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमा आवेदन दिंदा कम्तीमा १० कित्ता...

यो साता नेप्सेमा ३ करोड कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता मात्रै ३ करोड १ लाख ९३ हजार ५५१.९१ कित्ता शेयर सूचीकृत भएको छ। आइतबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापत २४ लाख ६६ हजार ३६२.९१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो। सोमबार नेपाल फाइनान्सको लिलामद्वारा बिक्री गरिएको...

बीमा क्षेत्रको व्यवसायिक नियमन गर्न नयाँ अध्यक्ष पोखरेलको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले बीमा क्षेत्रको सुधार र व्यवसायीय नियमन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्को व्यवस्था नहुँदासम्मका लागि अध्यक्ष बनेका अर्थमन्त्रालयका सह सचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन् । नेपाल बीमा प्राधिकरणमा आयोजित पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेतृत्व परिवर्त हुने...

सहसचिव सेवन्तकलाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ। अध्यक्ष शरद ओझाको अनुभवसम्बन्धी योग्यतामा विवाद भएपछि मन्त्रिपरिषद्ले छानबिन समिति बनाएको थियो । सो छानबिन समिति बनेसँगै ओझा स्वतः निलम्बनमा परेका छन् । ओझा निलम्बन भएपछि उनको ठाउँमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव...

डलरको भाउ घट्यो, अरु मुद्राको सहटीदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ६ पैसाले घटेर खरीददर १३६।७२ रुपैयाँ र बिक्रीदर १३७.३२ रुपैयाँमा झरेको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ८९.७१ रुपैयाँ र बिक्रीदर ९०.१० रुपैयाँ, १० जापाजिन यनको खरीददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ, एक यूएई दिरामको खरीददर...