विश्व विविध

बम आक्रमणमा वरिष्ट अफगान अधिकारीको हत्या

काबुल । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उहाँका कार्यालय सहयोगी बम आक्रमणमा मारिनु भएको बताए । दुबै सरकारी पदाधिकारी चढेको सवारी साधनमा बम राखेर...

इरानमा पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड

तेहरान । इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु भएका थिए । अल जजिराले सम्प्रेषण गरेको समाचार अनुसार इरानले सन् २०१९ मा पत्रकार जामलाई गिरफ्तार गरेको थियो ।...

मलेसियामा अवैधानिक कामदारलाई स्वदेश फर्किने अवसर

काठमाडौं । मलेसियाले अवैधानिक रूपमा बसिरहेका विदेशी कामदारलाई जरिवाना तिरेर स्वदेश फर्किन पाउने वा निश्चित प्रक्रिया गरेर मलेसियामा नै रोजगारी गर्न पाउने व्यवस्था गरेको छ । मलेसिया सरकारले रिक्यालिब्रेसन कार्यक्रमअन्तर्गत दुई वटा विकल्प अगाडि सारेको हो । जसअन्तर्गत मलेसियाले आफ्नो मलेसिया बसाईलाई वैधानिक बनाएर बस्न पाउने वा सहुलियत दरको...

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८० हजारभन्दा बढी

दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको संक्रमण रोकिने संकेत अझै नदेखिएको छैन । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ । प्राप्त समाचारअनुसार शनिबारसम्ममा यहाँका १ लाख ८० हजार ४११ जनाको ज्यान...

सन् १९९९ मा एक दम्पत्तीको हत्या गर्ने अमेरिकी पुरूषलाई दिइयो मृत्युदण्ड

संयुक्त राज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ। इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी–अमेरिकी ब्रान्डोन बर्नार्डलाई सुईबाट घातक विषाक्त दिएर मृत्युदण्ड दिइएको हो। सन्...

ट्रम्पले हार स्वीकार नगर्दै मेलानिया लागिन् ह्वाइट हाउस छाड्ने तयारीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पराजय औपचारिक रुपमा स्वीकार नगर्दै उनकी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउस छाड्ने तयारी सुरु गरेकी छन् । मेलानिया ट्रम्पले नोभेम्बरको मध्ययदेखि नै ह्वाइट हाउस छाडेर फ्लोरिडाको मार–ए–लिगोस्थित आलिशान पाम बीचमा सर्ने तयारी गरिरहेकी छन् । सो स्थानमा उनले नयाँ कार्यालय समेत...

नेपालमा पतिको दुर्घटनामा मृत्यु, साईप्रसमा पत्नीद्वारा आत्महत्या

साईप्रसको लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति अत्महत्या गरेकी छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साईप्रसले जनाएको छ । मृतक तामाङ सन् २०१९ को अक्टोबर...

भारतमा आइतबार एकै दिनमा ३२ हजार ९८१ कोरोना भाइरस संक्रमित थपिए

नयाँदिल्ली । भारतमा आइतबार थप ३२ हजार ९८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २०३ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । जसमध्ये ९१ लाख ३९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल...

चीनमा कोइला खानीमा परेर २३ जनाको मृत्यु

चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो । उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान...

विदेशमा कोरोनाबाट निधन हुने नेपाली ३०१

काठमाडौँ । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कूल सङ्ख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।...