बेलायतमा थप २३१ कोरोना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७७ फाल्गुन २६, बुधबार ०८:५५
सांकेतिक तस्वीर

लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ सय ३१ जनाको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको जानकारी अनुसार, बेलायतमा थप सय ३१ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या एक लाख २४ हजार ७ सय ९७ जना पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा बेलायतमा थप ५ हजार ७ सय ६६ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमित संख्या ४२ लाख २८ हजार ९ सय ९८ जना पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या हाल ९ हजार ४ सय १८ रहेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ३५६ रहेको छ । हालसम्म कोरोना संक्रमणका कारण बेलायतका अस्पतालमा ४ लाख ४७ हजार ३९७ जना भर्ना भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*