विश्व विविध
पाकिस्तानी सुरक्षा कारबाहीमा आतङ्कवादी कमाण्डरको मृत्यु
इश्लामावाद, पाकिस्तान, १ मङ्सिर (रासस/सिन्ह्वा) / पाकिस्तानी सुरक्षा कारबाहीमा दक्षिणपश्चिमी बालोचिस्तान प्रान्तमा एक जना बालोक लिवरेसन फ्रन्ट (बिएलएफ) समूहका एक उच्च कमाण्डरको मृत्यु भएको सेनाले जनाएको छ । बालोचिस्तानमा एक हप्ता पहिले १५ जना श्रमिकको हत्यामा सम्लग्न रहेको भनिएका बिएलएफको उच्च कमाण्डर यूनास ताउकाली प्रान्तको बुलाडा क्षेत्रमा सुरक्षा कारबाहीका...
अफगान सेनाको कारबाहीमा १९ तालिबान मारिए
कान्दाहार (अफगानिस्तान), १ मङसिर (रासस/सिन्ह्वा) / अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १९ जना तालिवान सम्बद्ध सशस्त्र लडाकूहरु मारिएको समाचार छ । प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बार सो जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा शुक्रबार बिहान सबेरै सीमा...
अमेरिका र कोरियाका उच्च आणविक अधिकारी भेटवार्ता
सोल, १ मङसिर (रासस/सिन्ह्वा) / संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका उच्च आणविक अधिकारीबीच शुक्रबार भेटवार्ता भएको समाचार छ । दक्षिण कोरियाको राजधानी सोलमा भएको सो भेटमा उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक हतियारको प्रदर्शन र यसका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न समस्याका विषयमा कुराकानी भएको थियो । दक्षिण...
संविधान संशोधन हुनेमा ढुक्क छु– जापानी प्रधानमन्त्री आबे
टोकियो, १ मङ्सिर । जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले गत महिना जापानमा भएको आम निर्वाचनमा करिब दुई तिहाई बहुमत हासिल गरेपछिको पहिलो नीतिगत विषयको सम्बोधनका क्रममा शुक्रबार सो प्रतिक्रिया दिनुभएको समाचारमा जनाइएको छ । उहाँले भन्नुभयो–...
राजिनामा दिन्न– राष्ट्रपति मुगाबे, सत्ता नियन्त्रण फिर्तागर्न जिम्बावेको सेनालाई अफ्रिकी देशहरुको आग्रह
हरारे, १ मङ्सिर । जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहनुभएका यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गर्नुभएको छ । लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि यहाँको सेनाको नियन्त्रणमा रहनुभएको छ । उहाँले बिहीबार तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेको जानकारी आएको छ । यहाँको...
अफगानिस्तानमा मधुमेहका कारण वर्षेनी १९ हजार ७ सयको मृत्यु
काबुल, २९ कात्तिक (रासस/सिन्ह्वा) : अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले वर्षेनी १९ हजार ७ सय जनाको मृत्यु मधुमेह रोगका कारण हुनेगरेको बुधबार जनाएको छ । सन् २०१२ मा अन्तर्राष्ट्रिय मधुमेह महासंघले पत्ता लगाएको तथ्यांकमा अफगानिस्तानमा मात्रै मधुमेहका कारण १९ हजार ७७३ जनाको मृत्यु भएको देखाइएको छ, मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको...
मलेसियामा एक नेपालीको मृत्यु
राजविराज, २९ कात्तिक (रासस) : वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर...
भूकम्पबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति
तेहरान, कात्तिक २९ (रासस/सिन्ह्वा) : इरान र इराकको सीमाक्षेत्रमा गत आइतबार गएको ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि गरिएको प्रारभिक सर्वेक्षणबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । तासनिम समाचार समितिले मङ्गलबार सो जानकारी दिएको छ । भूकम्पबाट आवासीय, व्यापारिक र औद्योगिक भवनलगायत प्रशासनिक संचरनाको नोक्सानलाई लिएर तयार पारिएको...
इरान र इराकको सिमा क्षेत्रमा भुकम्प, ६१ जनाको मृत्यु
कात्तिक २७ । इरान र इराकको सिमा क्षेत्रमा शक्तिशाली भुकम्प जाँदा ६१ ज्नाको मृत्यु भएको छ । भुकम्पका कारण ३ सय जना घाइते भएका छन् । बीबीसीमा लेखिए अनुसार, सो क्षेत्रमा ७.२ रेक्टर स्केलको भुकम्प गएको हो । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ भने सो क्षेत्रमा विजुली आपूर्ति बन्द...
लक्ष्मीको शव ईराकबाट नेपाल झिकाउन सहयोगको अपिल, परिवार शोकमा
-चन्द्र घलान मकवानपुर, २३ कात्तिक । ईराकको बासरामा मृत्यू भएकी मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बकुण्ठकी २६ वर्षीया लक्ष्मी बलको शव नेपाल झिकाउन लागि सहयोगको अपिल गरिएको छ । उनको दुःखद निधनपश्चात शोकमा रहेको परिवारले सबैसँग सहयोग माग्दै सक्दो सहयोग गर्नका लागि आग्रह गरेका छन् । उनको शव...






