विश्व विविध

युएईमा नेपाली कामदारको स्वास्थ्य जाँच हुँदै

युएई, २५ असार । युएईमा नेपाली कामदारहरुको स्वास्थ्य जाँच शिविर संचालन भइरहेको छ । एनआरएनए युएई अलऐन क्षेत्रीय समितिले नियमित स्वास्थ्य शिविर सञ्चालन गरेको हो । अलऐनको मेडीअर अस्पतालसँगको समन्वयमा समितिले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य सचेतना अभियान अन्तर्गत गएको जनवरीदेखि नियमित शिविर सञ्चालन गरिरहेको क्षेत्रिय अध्यक्ष...

ब्रम्हाण्ड ध्वस्त हुने भविष्यवाणी गर्ने धार्मिक नेतालाई मृत्यूदण्ड

एजेन्सी, २२ असार । ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने एक धार्मिक समूहका नेतलाई जापान सरकारले मृत्यूदण्ड दिएको छ । २३ वर्षअघि टोकियोको एक सब–वेमा विशालु ग्यास आक्रमण गर्ने धार्मिक समूहका नेता आसहारासहित ७ जनालाई मृत्यूदण्ड दिइएको हो । आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको...

अचम्म–आकाशबाट बादल चोरी गरेको आरोप

इरान, २० असार । तपाईले विभिन्न चोरीका आरोपहरु सुन्नु भएको होला तर एउटा यस्तो आरोपको बारेमा तपाईलाई थाहा नहुन सक्छ । इरानले इजरायल र अन्य पश्चिमा मुलुकले आफनो आकाशबाट बादल चोरी गरेको आरोप लगाएपछि विश्वको ध्यान त्यता खिचिएको छ । इरानका एक सैन्य जनरलले इरानलाई सुख्खाग्रस्त बनाउन, कृषि उपजमा...

शक्ति समूहकी सुनितालाई ‘हिरो’ अवार्ड, डोनाल्ड ट्रम्पकी छोरीद्वारा अवार्ड वितरण

काठमाडौँ, १५ असार । अमेरिकी सरकारले हरेक वर्ष विश्वभरका १० जना अभियन्ता मध्येबाट एक जनालाई दिँदै आईरहेको ‘टीआईपी हिरो’अवार्ड यस वर्ष शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई प्रदान गरिएको छ । दनुवारलाई मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गर्दै अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले...

जि सेभेन को विज्ञप्ति अनुमोदन नगर्न ट्रम्पको निर्देशन

वासिङ्टन, २८ जेठ (रासस) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा जारी रहेको ठूला औद्योगिक राष्ट्रहरुको समूह जि सेभेन को सम्मेलनले निकालेको निष्कर्ष र त्यसपछि जारी हुने संयुक्त विज्ञप्ति अनुमोदन नगर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो– हामीले उक्त सम्मेलनको निष्कर्ष स्वीकार गर्न सक्दैनौँ र त्यस सम्मेलनपछि जारी गर्ने भनिएको संयुक्त...

ट्रम्पसँग जुनसुकै बेला भेट्न तयार छु–पुटिन

मस्को, २८ जेठ (रासस) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताउनुभएको छ । अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु, आइतबार उहाँले भन्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्तागर्न आफू तयार रहेको उहाँले आइतबार जानकारी दिनुभएको...

छोरालाई कतारमा मृत्यूदण्ड दिने तयारी, स्वदेशमा आमा विह्वल

बर्दिवास, २४ जेठ (रासस) । ‘हजुर, आब हमसभ केकर भरोसा मे जियब ?’ (हजुर, अब हामी कसको भरोसामा बाँच्नु) आफ्नो आसाभरोसाको एक मात्र छोरा अनिल चौधरीलाई कतारमा मृत्युदण्ड कार्यान्वयन गर्ने त्यहाँको अदालतको आदेशले विह्वल बनेकी महोत्तरी जिल्लाको औरही नगरपालिका–१ की करीब ५० वर्षीया देवी चौधरीले बुधबार बिहान सञ्चारकर्मीसँग भनिन्...

जापानमा यसरी घट्दैछ जनसंख्या, सन्तान जन्माउनेको कमि

जापान, १९ जेठ । जापानमा सन् २०१७ मा जन्मिएका शिशुको सङ्ख्यामा उल्लेख्य कमी आएको शुक्रबार सार्वजनिक भएको यहाँको सरकारी तथ्याङ्कमा जनाइएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय नवजात शिशुको जन्मदरमा थप गिरावट आएको र यो गत वर्षको नौ लाख ४६ हजार ६० बाट पनि तल झरेको बताइएको...

अमेरिकी सेनाद्वारा एक वर्षमा ५ सय नागरिक मारिए

वासिङटन, १९ जेठ । अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । विश्वसनीय मानिएको सो प्रतिवेदनमा झण्डै ४९९ जनाको मृत्यु भएको र १६९ जना घाइते...

शक्तिशाली आँधीका कारण १४ हजार घरमा क्षति, ५ जनाको मृत्यू

म्यान्मार, १७ जेठ । म्यान्मारमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी घरमा क्षति पुगेको छ । गत दुई दिनमा देशभरी आएको आँधीका कारण यो क्षति भएको स्थानीय सेभेन डे डेलीले बिहीबारको समाचारमा उल्लेख गरेको छ । मृत्यु भएका मध्ये मानाउङमा...