खेलकुद
हेटौंडामा राष्ट्रिय भलिबल आजबाट सुरु
मकवानपुर । हेटौंडामा आजबाट खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुने भएको छ । उक्त प्रतियोगिता स्व. केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हुन लागेको हो । हेटौंडा उपमहानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको छ । हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा...
ए डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ...
बागमती प्रदेश खेलकुद : रग्बीको उपाधि भक्तपुर र मकवानपुरलाई
मकवानपुर । दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि भक्तपुर र मकवानपुरले हात पारेको छ । हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा शनिबार भएका फाइनल प्रतियोगिताको पुरुषतर्फ भक्तपुर र महिलातर्फ मकवानपुरले उपाधि हात पारेको हो । पुरुषतर्फको फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित गर्यो । भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु,...
पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण
मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुदअन्तरगत शुक्रबार भएको पुरुष क्रिकेट प्रतियोगितामा चितवनले स्वर्ण जितेको छ । चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा ललितपुरमाथि ३६ रनको जित निकाल्दै चितवनले स्वर्ण हात पारेको हो । निर्धारित २० ओभरमा १६७ रनको लक्ष्य पछ्याएको ललितपुरले आठ विकेट गुमाउँदै १३० रन मात्र...
प्रदेश खेलकुद : पुरुष फुटबलमा आज मकवानपुर र काठमाडौं भिड्दै
मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि आज फाइनल खेल हुने भएको छ । आज घरेलु टोली मकवानपुर र काठमाडौंबीच स्वर्णका लागि प्रतिस्पर्धा हुने भएको हो । खेल पिप्ले क्याम्पा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । बिहीबार भएको पहिलो सेमिफाइनलमा काठमाडौंले ललितपुरलाई १–०...
ए डिभिजन लिग अन्तरगत आज तीन खेल हुँदै
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछन् भने च्यासल मैदानमा एउटा खेल हुनेछ । जसअनुसार च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब बिच हुनेछ । जुन...
प्रदेश खेलकुद : पुरुष फुटबलको फाइनलमा मकवानपुर
मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा मकवानपुर फाइनलमा प्रवेश गरेको छ । बिहीबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनल खेलमा काभ्रेलाई ३–० गोलअन्तरले पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो । सहज जितसँगै मकवानपुरले फाइनल खेल काठमाडौंसँग खेल्नेछन् । बिहीबार नै भएको पहिलो सेमीफाइनल खेलमा ललितपुरलाई...
बागमती प्रदेश खेलकुद : सोहन र पेमा उत्कृष्ट बक्सर
मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार बिहान भएको बक्सर प्रतियोगितामा मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा उत्कृष्ट बक्सर घोषित भएका छन् । हेटौंडास्थित हेटौंडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी...
प्रदेश खेलकुल प्रतियोगिताः भलिबलमा काठमाडौं र चितवनलाई स्वर्ण
मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार बिहान भएको भलिबल प्रतियोगितामा काठमाडौं र चितवनले स्वर्ण जितेका छन् । हेटौंडास्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन् । काठमाडौंले फाइनलमा दोलखालाई २५–५, २५–६ र २५–१२ ले हरायो । चितवनले भने फाइनलमा धादिङमाथि २५–१७,...
दोस्रो प्रदेश खेलकुद : क्रिकेटमा भक्तपुरलाई पराजित गर्दै मकवानपुर सेमीफाइनलमा
मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेटमा भक्तपुरलाई पराजित गर्दै मकवानपुर सेमीफाइनल प्रवेश गरेको छ । बुधबार बिहान चितवनस्थित निर्माणाधिन गौतमबुद्ध रंगशालामा भएको खेलमा भक्तपुरलाई ७ विकेटले पराजित गर्दै मकवानपुर सेमीफाइनल प्रवेश गरेको हो । अब मकवानपुरले ललितपुर र नुवाकोटबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । प्रदेश खेलकुद...









