अर्थ/वाणिज्य
बागमती प्रदेशसभा बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएकोे प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, आज बस्ने बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ६ वटा कार्यसूची तय गरेको छ । कार्य व्यवस्था परामर्श समिति बैठकको कार्यसूची...
सोमबार १५ अंकले घट्यो नेप्से, ९९ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से १५ अंकले घटेको छ । केहि दिनयता लगातार घटिरहेको नेप्सेमा सोमबार थप १५.८२ अंकले घट्दै २ हजार ३२.३४ अंकमा पुगेको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आज १५ अंकमाथिले नेप्से सूचक घट्दा कारोबार रकम ९९ करोडमा...
गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित
कास्की । गण्डकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम पास भएको हो । गत जेठ २४ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेक थिए । त्यसपछि...
चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले बढ्यो
काठमाडौं । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो । तर, ११ महिनाको अवधिमा चिनीको...
सातामा ८०० ले घट्यो सुनको भाउ
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनचाँदीको भाउ घटेको जानकारी दिएको छ । महाशाखाका अनुसार, गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ प्रतितोला तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५०० रुपैयाँ...
मुलुकको चालू खाता घाटा ५ खर्ब ४७ अर्बमाथि
काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा मुलुकको चालू खाता घाटा बढेर ५ खर्ब ४७ अर्ब ३६ करोड पुगेको छ । राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्षको बैशाखसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो चालु खाता २ खर्ब ५१ अर्ब २९...
फेरि बढ्यो इन्धनको भाउ
काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको भाउ निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब...
शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । बिहिबार शेयरबजार फेरी गिरावट आएको छ । बुधबार ६०.२२ अंकले बढेर २०८० को विन्दुमा पुगेको शेयर बजार बिहीबार १७ अंकले घटेर २०६० को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड २६ लाख...
६७ अर्बको बजेट ल्याउने बागमती प्रदेश सरकारको तयारी
मकवानपुर । बागमती प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याउदैछ । गत जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले आगामी आव २०७९/०८० को लागि बजेट ल्याउने लागेको हो । प्रदेश सरकारले आगामी आवको लागि ६७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु...
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च
काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बनेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार, बिहीबार एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर कायम छ । रुस र युक्रेन युद्धको असरको कारण भारतीय...










