अर्थ/वाणिज्य

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, युके...

नेपालमा एमसीसी परियोजना नरोकिने

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेका कार्यक्रमहरू यथावत् रुपमा अगाडि बढ्ने भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सेनेगल, मंगोलिया, आइभोरी कोस्टसहित नेपालमा एमसीसी परियोजना रोकिने छैन। अमेरिकी प्रशासनको खर्च कटौती योजनाअनुसार एमसीसी अन्तर्गतका केही देशमा कार्यक्रम स्थगित गरिने तयारी थियो। अमेरिकी...

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३६.३८ रुपैयाँ र बिक्रीदर १३६.९८ रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिनको तुलनामा बढेको हो। आज युरोपियन युरो एकको खरिददर १५५.४० रुपैयाँ र बिक्रीदर १५६.०८ रुपैयाँ, बेलायती...

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२४ र २५ मा नेपालको आर्थिक वृद्धिदर ४।५ प्रतिशत रहने अनुमान गरेको छ। गत आर्थिक वर्ष २०२३ र २४ मा ३.९ प्रतिशत मात्र वृद्धि भएकोमा यसपालि सुधार आउने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। बिहीबार सार्वजनिक ‘नेपाल विकास प्रतिवेदनः आर्थिक वृद्धि उकास्नका लागि उद्यमशिलताको...

वैदेशिक रोजगारीमा जाने १५ प्रतिशतले बढे

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो सात महिनाको अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ । अघिल्लो चालु आर्थिक वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले बढेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार, आर्थिक वर्ष २०८०–०८१ को तुलनामा चालु आव २०८१–०८२ यस...

मकवानपुरमा ८१.४४ प्रतिशत राजस्व संकलन

मकवानपुर । मकवानपुरमा पछिल्लो ७ महिनाको अवधिमा ३ अर्ब ७० करोड ९१ लाख अर्थात ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले चालु आथिएक वर्षको २०८१–०८२ को गत साउनदेखि माघ महिनाको मसान्तसम्मको अवधिमा सो रकमको राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको...

एकैदिन १२०० रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं । आइतबारको तुलनामा आज एकैदिन सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँ बढेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको भाउ प्रतितोला...

बागमती प्रदेश सरकारको १३ अर्ब बढी बजेट खर्च

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको पछिल्लो ७ महिनाको अवधिमा १३ अर्बभन्दा बढी बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालु आवको गत साउन महिनादेखि माघ मसान्तसम्म विनियोजित कुल रकमको २० दशमलव १८ प्रतिशत अर्थात १३ अर्ब २ करोड ७० लाख रुपैयाँ बजेट खर्च भएको आर्थिक मामिला...

आइतबार नेप्से परिसूचक १९.५६ अंकले बढ्यो

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन नेप्से परिसूचक १९ दशमलव ५६ अंकले बढेको छ । गत साताको अन्तिम दिन बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से परिसूचक आज बढेर १९ दशमलव ५६ अंकले बढेर २६९८ दशमलव ०३ विन्दुमा पुगेको छ । यसदिन ३०९ कम्पनीको...

हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा

मकवानपुर । पछिल्लो समय हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा परेको छ । लामो समयदेखि बन्द र आर्थिक सङ्कट गहिरिँदै गएको हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा परेको हो । हेटौंडा सिमेन्ट उद्योग विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि बन्द भएको थियो । उपकरणहरु मर्मत सम्भार गरी...