अर्थ/वाणिज्य

बागमती गाउँपालिकाद्वारा ८३ करोडबढीको बजेट सार्वजनिक

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि करीव ८३ करोड ७२ लाख ६८ हजार ७४ रुपैयाँको बजेट ल्याएको छ । शनिबार दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा पालिका अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फडिन्द्रकुमार तिमल्सिनाले आगामी बर्षको बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षको निम्ति...

मध्यपूर्वका लाखौं नेपालीको ज्यान जोखिममा

काठमाडौँ । इरान–इजरायल युद्ध चुलिंदै गएपछि त्यसको प्रत्यक्ष असर मध्यपूर्वमा रोजगारीका लागि गएका लाखौं नेपाली कामदारमाथि देखिन थालेको छ। इरान र इजरायलबीच चलेको हालसम्मकै ठूलो सैन्य झडपमा अमेरिकासमेत खुलेर सहभागी भएसँगै यो क्षेत्र पुनः भीषण द्वन्द्वको केन्द्र बन्न थालेको हो । इरानले इजरायलका महत्वपूर्ण सैन्य तथा रणनीतिक केन्द्रहरूमा हमला...

जनमत पार्टीकी सांसद सुमनविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी जनमतकी समानुपातिक सांसद हुन् । उनीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको भन्दै जेठ १६ गते प्रहरीको आग्रहअनुसार पक्राउ पुर्जी जारी भएको थियो । अदालतको आदेशअनुसार सुमनको घरठेगानामा गई खानतलासी गरी पक्राउ...

कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीहरु विरुद्ध विशेष अदालतमा आइतबार मुद्धा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पशुपतिमा विद्युतीय शवदाह गृहमा जडान गर्ने मेसिन खरिदमा...

आईएमई पे र खल्ती एकै प्लेटफर्ममा

काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा खल्ती र आइएमई पे एक हुने भएका छन् । नेपाल राष्ट्र बैंकले पहिलोपटक दुई ठूला भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई पे र खल्तीलाई एउटै बनाउन स्वीकृति प्रदान गरेको हो । यो निर्णयसँगै दुई ठूला डिजिटल भुक्तानी प्रणाली एक हुने छन् । नेपाल राष्ट्र...

मौद्रिक नीति : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि मौद्रिक नीति निर्माणको प्रक्रिया आरम्भ गरिसकेको छ । प्रारम्भिक बहसहरू सुरु भइसकेका छन् तर मूल प्रश्न भने यथावत् छ के नेपालले स्वतन्त्र, वैज्ञानिक र देशको आर्थिक यथार्थमा आधारित मौद्रिक नीति ल्याउन सक्ला ? नेपालजस्तो आयातमुखी र विकासोन्मुख अर्थतन्त्रमा...

बागमतीको बजेट : खारेज गर्ने घोषणा गरिएको दुग्ध विकास बोर्डलाई बजेट व्यवस्था

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी वर्षको निम्ति बजेट सार्वजनिक गर्यो । आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशसभामा बजेट सार्वजनिक गर्दा दुग्ध विकास बोर्ड र सहकारी बोर्डलगायतका संरचनाहरु खारेज गर्ने घोषणा गरे । बजेट बक्तव्यको पेज नम्बर ३९ को १९१ बुँदामा व्यवस्था गरेको कुरा उनले बजेट प्रस्तुत...

बागमतीमा ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रस्तुत

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी बर्षको लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । आज प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेका हुन् । बजेटको आकारको विषयलाई लिएर विवाद भएपछि दिउँसो ३...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन

काठमाडौं ।  चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको...

बागमती प्रदेशमा बजेटमा विवाद

हेटौंडा । बागमती प्रदेश सरकारमा बजेटको विषयलाई किचलो भएपछि अहिलेसम्म प्रदेशसभामा बजेट प्रस्तुत हुन सकेकोे छैन । दिउँसो ३ बजेलाई निर्धारण गरिएको बजेटको प्रस्तुती विवाद भएपछि बेलुकी ६ बजेलाई सारिएको छ । बजेटको आकारका विषयमा किचलो भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सत्ता साझेदार दलबीच पनि बजेटको सन्दर्भमा...