अर्थ/वाणिज्य

राष्ट्र बैंकले गर्‍यो लघुवित्तहरूको लाभांश वितरण व्यवस्था संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरण सम्बन्धी व्यवस्था संशोधन गरेको छ। राष्ट्र बैंकले आइतबार जारी परिपत्रमार्फत नयाँ व्यवस्था ल्याएको हो। नयाँ व्यवस्थाअनुसार लघुवित्त संस्थाहरूले लाभांश घोषणा वा वितरण गर्दा लाभांश वितरण पछिको पुँजीकोष अनुपात र पछिल्लो असार मसान्तको निष्कृय कर्जा अनुपातलाई आधार मानी...

रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि, एक वर्षमै १९.२ प्रतिशत बढ्यो

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा नेपाल भित्रिने रेमिट्यान्समा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित तथ्याङ्कअनुसार गत वर्ष असार मसान्तसम्म कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशत बढी हो। अघिल्लो वर्ष रेमिट्यान्स वृद्धिदर १६.५ प्रतिशत रहेको थियो। तथ्याङ्कअनुसार,...

उखु बोकेरै किसानको माइतीघरमा धर्ना

काठमाडौं । सरकारले उखु किसानलाई उपलब्ध गराउँदै आएको अनुदान रकम आधा घटाएर ७० रुपैयाँबाट ३५ रुपैयाँ प्रतिक्विन्टलमा सीमित गरेपछि तराई–मधेशका किसानहरूले काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । आर्थिक वर्ष ०८१/०८२ को उखुको वक्यौता अनुदान भुक्तानी माग गर्दै आइतबारदेखि उखु उत्पादक महासंघ नेपालको अगुवाइमा १३ जिल्लाका किसानहरू माइतीघर मण्डलामा भेला...

नाडा अटो शो आज समापन हुदै ऐतिहासिक सहभागिता

काठमाडौँ । पाँच दिनदेखि भव्यता र आकर्षणका साथ चलिरहेको ‘नाडा अटो शो–२०२५’ आज आइतबार भृकुटीमण्डपमा सम्पन्न हुदै  छ । यसपटकको अटो शोले नेपाली अटोमोबाइल बजारलाई ऐतिहासिक उपलब्धिमा पुर्‍याएको आयोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ । भदौ ७ गतेसम्म मात्र १ लाख ४९ हजार ८८१ दर्शकले प्रदर्शनी स्थलमा...

सुनको मूल्यमा तीव्र वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च बढेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९५ हजार...

यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४...

नेपाल आयल निगमले २८ जनाका लागि खुलायो आवेदन

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले २८ जनाका लागि आवेदन खुलाएको छ। निगमले खुला तथा समावेशी प्रतियोगिताद्वार पदपूर्ति गर्ने गरी प्रवन्ध (लेखा) तह ८ देखि बाउजर अपरेटर/तहविहीन सम्मका पदहरूमा आवेदन खुलाएको हो। यसमा सूचना प्रकाशित मिति (भदौ ६ गते) ले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म...

बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा दुई हजार २९० रुपैयाँमा खरिदबिक्री...

सबै कर्मचारीहरुलाई सम्पत्ति विवरण बुझाउन अर्थ मन्त्रालयद्वारा परिपत्र

काठमाडौं । अर्थ मन्त्रालयको प्रशासन महाशाखाले मन्त्रालय र मातहतका सबै कर्मचारीहरुलाई आफ्नो सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउन निर्देशन जारी गरेको छ । मन्त्रालयले राष्ट्रिय सतर्ककता केन्द्रको परिपत्र अनुसार भ्रष्टाचार निवारण सम्बन्धी ऐन बमोजिमको हरेक सरकारी कर्मचारीहरुले भदौं महिनाभित्रमा सम्पत्ति विवरण केन्द्रमा पेश गर्नुपर्ने व्यवस्था अनुसार यस वर्ष अनलाईनबाट...

निरन्तर घट्दै सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौैँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला...