अर्थ/वाणिज्य

प्रहरीद्वारा घरेलु मदिरा नष्ट

मकवानपुर । भिमफेदी गाँउपालिका वडा न.१ भैँसेबाट प्रहरीले अवैध घरेलु मदिरा बरामद गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी भैँसेको प्रहरी सहायक निरीक्षक हित बहादुर कटुवाल को कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले भैँसे स्थित सानटारको ४ वटा भट्टिबाट मदिरा बरामत गरेको प्रहरीले जनाएको छ ।...

लेखा समितिलाई अभिमुखीकरण

मकवानपुर । प्रदेश नम्बर ३ को सार्वजनिक लेखा समितिलाई अभिमुखीकरण गरिएको छ । प्रदेशसभा सचिवालयको आयोजनामा सार्वजनिक लेखा समितिको काम र अधिकारसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेको सो अभिमुखीकरणमा लेखा समितिका सदस्यहरु सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन गर्दै सभामुख श्रेष्ठले जनप्रतिनिधि पारदर्शी...

विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही

राजविराज – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ । वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुगमन टोलीले जिल्लाका तिरुहत र कृष्णसवरण गाउँपालिकामा विद्युत्को खम्बामा अङ्कुशे लगाई बिजुली बाल्नेलाई पक्राउ गरिएको प्राधिकरण प्रमुख चन्द्रनारायण साहले बताए । तिनका...

मुख्यमन्त्रीले गरे सामाजिक विकास मन्त्रालयको प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक

मकवानपुर । ३ नम्बर प्रदेशको सामजिक विकास मन्त्रालयले प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक गरेको छ । बिहीबार हेटौँडामा आयोजना भएको कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले पाश्र्वचित्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सामाजिक विकास मन्त्रालयले नमूना लायक काम गरेको धन्यवाद दिएका छन् । विभिन्न समस्याका बावजुद मन्त्रालयले राम्रो काम गरेको...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको हो ।

२ करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले तीन दिनभित्र २ करोड ६० लाख नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी प्रभागले ले गएको तीन दिनमा ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले यो घटनामा थप अनुसन्धान...

मूख्यमन्त्री, मन्त्री तथा साँसदले तलब दिन विधयक पास हुन नपर्ने

मकवानपुर । प्रदेश तीनका मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभा सदस्यहरुले तलव तथा अन्य सेवा सुविधा लिन प्रदेशसभाबाट विधेयक पारित हुने समयसम्म कुर्नु नपर्ने भएको छ । आज बिहान बसेको मन्त्रीपरिषद बैठकले प्रदेशसभामा छलफलको क्रममा रहेको सेवा सुविधा सम्बन्धि विधेयक पास नभएसम्मको लागि तलव सेवा सुविधा लिन सक्ने निर्णय गरेको हो...

हेटौँडामा पहिलो पटक ३ महिने प्रोफेशनल एकाउन्टिङ तालिम सुरु

हेटौँडा, ३१ बैशाख । मकवानपुरको हेटौँडामा पहिलो पटक प्रोफेशनल एकाउन्टिङ तालिम सुरु भएको छ । कलेज अफ इन्फरमेशन टेक्नोलोजी (सिआईटी) र नेम इन्स्टिच्युटको आयोजनमा सोमबारदेखि तीन महिने तालिम सुरु भएको हो । दक्ष र कुशल एकाउन्टेन्ट उत्पादन गर्ने उदेश्यले सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थी सहभागि रहेको सिआईटीका प्रबन्ध...

आज एकैपटक ४० आरोही सगरमाथाको शिखरमा

–रमेश लम्साल/सिबी अधिकारी काठमाडौँ । आज एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् । सगरमाथा आधार शिविरमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा...

मालपोत र नापीको अनियमितता तत्काल रोकिनुपर्छः कृषिमन्त्री खनाल

काठमाडौँ । कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले आम नेपाली नागरिकलाई प्रत्यक्ष राहत अनभूत हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री खनालले आज १९ बुँदे निर्देशन दिँदै नयाँ सरकारको मर्म र भावनालाई ख्याल गर्दै सेवाग्राहीको समस्या समाधान गर्न तथा ‘समृद्ध नेपाल र...