अर्थ/वाणिज्य

साँसद विरोधको पहलमा विजुलीको लागि ३६ लाख आयो

मकवानपुर, ०८ वैशाख । प्रतिनिधिसभा २ का साँसद विरोध खतिवडाको पहलमा मकवानपुरको विकट मनहरी वडा नं. ६ रुपाचुरी वालुभञ्ज्याङको लागि विजुली व्यवस्थापनका गर्न ३६ लाख ४८ हजारको योजना स्वीकृत भएको छ । नेपाल विद्युत प्राधिकरणले सो ठाउँमा विजुली वत्तिको व्यवस्थापन कार्य गर्नको लागि योजना स्वीकृत गरी हेटौंडा वितरण केन्द्रमा...

दुग्ध सहकारीले आयव्यय विवरण पेश गरेनन्

मकवानपुर, ०८ वैशाख । मकवानपुरका सहकारीहरुले आफ्ना आयव्यय विवरण सम्बन्धित निकायमा पेश नगरी आयव्यय विवरण नै लुकाएको नयाँ तथ्य फेला परेको छ । नेपाल सरकार सहकारी विभागले सबै सहकारीहरुको आयव्यय विवरण स्थानीय तहमा पेश गर्न परिपत्र समेत गर्दै सूचना प्रकाशन गरेको छ । सूचना हेर्नुस् । सहकारी विभागले गत...

अर्थ समितिको प्रि बजेट छलफल : केन्द्र सरकारप्रति मुख्यमन्त्री पौडेल रुष्ट

मकवानपुर, ८ वैशाख । संघीय संसदको अर्थ समितिले आज प्रि बजेटबारे छलफल आयोजना गरेको छ । आज आयोजित कार्यक्रममा समितिका सभापति कृष्णप्रसाद दाहाल, प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानून मन्त्री सालिकराम जम्कट्टेल, आर्थिक मामिला मन्त्री कैलाश...

मकवानपुरमा कुखुरा व्यवसाय : ३ महिनामा ३० करोडको क्षति

मकवानपुर, ०७ वैशाख । मकवानपुरको कुखुरा व्यवसायमा माघ महिनादेखि यता हालसम्म प्रत्यक्ष रुपमा ३० करोडभन्दाबढीको क्षति भएको छ । यो अवधिमा ३ लाख ५७ हजार लेख कुखुरा मर्यो/मारियो । यसका कारण कुखुराको बजार धोस्त भएपछि व्यवसायी र किसान मारमा परेका छन् । ३ लाख ५७ हजार कुखुरा मध्ये ६२...

हेटौँडा उपमहानगरपालिकामा लेखा कै उपसचिवलाई छैन लेखाको जिम्मेवारी

मकवानपुर, ०५ वैशाख । हेटौँडा उपमहानगरपालिकामा लेखाका उपसचिवलाई नै वित्तिय व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छैन । समायोजनपछि ९ औँ तहको लेखा समूहका उपसचिव मानबहादुर बमलाई महाशाखाको जिम्मेवारी दिनुको सट्टा १० लाख रुपैयाँसम्मको योजना छनौट र सम्झौताको अधिकार दिएर पेन्डुलम पारिएको छ । खासमा लेखा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नै उनको...

बाग्मति नदीमा मोटरबोटको परिक्षण संचालन आज हुँदै

मकवानपुर, ०१ बैशाख । बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोटको परिक्षण आज हुँदैछ । परिक्षणपछि व्यवसायिक रुपमा मोटरबोट सञ्चालनमा आउने मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ का साँसद कृष्ण प्रसाद दहालले बताए । रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गर्ने उद्धेश्यले आज परिक्षण गर्न लागिएको हो । प्रतिनिधिसभा अर्थसमितिका...

कारागारका कैदी डानियलको सेटिङमा भीआईपी चल्दै

मकवानपुर, ३० चैत । भीमफेदी कारागारका कैदी डायिनल लामाको सेटिङमा जिल्लादेखि केन्द्रीय स्तरका नेता तथा कर्मचारी संलग्न रहेको तथ्य खुलेको छ । सीडीओले सिफारिस नगर्ने, कारागार व्यवस्थापन विभागका महानिर्देशक सीडीओको सिफारिस नभई डानियललाई अन्यत्र नसार्ने दुबैको क्रियाकलाप र घटनाबारे विश्लेषण गर्दा सेटिङ तलदेखि माथिसम्म रहेको देखिन्छ । लामाकै सेटिङमा...

आगोको ज्वालासहित ‘टोर्नाडो’ आएको पुष्टि

काठमाडौं – नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेल्नु भएका विज्ञान तथा...

निगमकाे उडान रद्द गर्ने ६ कर्मचारीलाई कारबाही सिफारिस

काठमाडाैं – गत १९ चैत मंगलबार राति चार मिनेट समय थप नदिँदा नेपाल वायुसेवा निगमको जहाज उड्न नपाएको घटनामा ६ जनालाई विभागीय कारबाही सिफारिस गरिएको छ । घटनाबारे छानबिन गर्न गठित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको चार सदस्यीय समितिले शुक्रबार प्रतिवेदन बुझाउँदै घटनामा दोषी देखिएकालाई कारबाही...

मन्त्री यादवले भोलि हावाहुरी प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यन्न र लत्ताकपडा दिने

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव हावाहुरी पिडितका लागि राहत वितरण गर्न आज फेरी बारा जिल्ला गएका छन् । हिजो नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित बारा र पर्सा पुगेका मन्त्री यादव आज फेरी सोही जिल्ला पुगेका हुन् । उनले भोलि हावाहुरी प्रभावित क्षेत्रमा एक...